बदमास ठेकेदारलाई कारबाही गर्नुपर्छ– पूर्वप्रधानमन्त्री भट्टराई


प्रकाशित मिति : जेष्ठ २५, २०७५ शुक्रबार

नयाँ शक्ति पार्टी नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले बदमासी गर्ने ठकेदारलाई राजनीतिक र प्रशासनिक संरक्षण रहँदा विकासका काम हुन नसकेको दाबी गर्नुभएको छ ।

गोरखामा पत्रकारहरुसँग कुरा गर्दै भट्टराईले ठेक्कापट्टाको काममा राजनीति, प्रशासन र ठेकेदारबीच मिलेमतो हुने गरेको आरोप लगाउनुभयो । पूर्व प्रधानमन्त्री समेत रहनुभएका भट्टराईले नेता, कर्मचारी र ठेकेदारको मिलेमतोमा बदमासीका काम अहिले पनि भैरहेको दाबी गर्नुभयो ।

‘एउटैले दशौं ठेक्का लिने, मोबिलाइजेशनको पैसा लिएर बेपत्ता हुने अनि अन्तै लगानी गर्ने परिपाटी छ’, उहाँले भन्नुभयो, ‘त्यसको मार गोरखाको पुल, सडक र अरु निर्माणका योजनामा परेको छ, त्यस्तालाई कारबाही गर्नुपर्छ ।’

गोरखाका प्रमुख जिल्ला अधिकारीलाई पनि त्यस्ता ठेकेदारलाई कारबाही गर्न आफूले भनेको बताउनुभयो । उहाँले बदनाम भएका ठेकेदारहरुलाई नेताहरुले संरक्षण गर्ने गर्दा समस्या भएको बताउनुभयो । ‘केन्द्रबाट गृहमन्त्रीले अहिले कारबाहीको पहल गर्नुभएको छ,, त्यो अघि बढोस्’, उहाँले भन्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भट्टराईले आफ्नो पार्टी कहिल्यै पनि नेपाल कम्युनिष्ट पार्टी नेकपासँग मिल्नै नसक्ने बताउनुभयो । ‘हामी सगरमाथा चढ्न हिँडेका छौं, कता चुरेतिर अलमलिनु’ भट्टराईले भन्नुभयो ।

नेपालमा कांग्रेस र कम्युनिष्ट पार्टी लामो समयदेखि दुई धारमा रहेको भन्दै उहाँले नयाँ शक्ति पार्टी भने तेस्रो धारको रुपमा अघि बढ्ने बताउनुभयो । कांग्रेस र कम्युनिष्टबीच बैचारिक हिसाबमा खासै भिन्नता नरहेको भन्दै उहाँले उनीहरुसँग पार्टी एकता हुनै नसक्ने स्पष्ट पार्नुभयो ।

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको विषयमा सत्तारुढ दल नेकपासँग कुरा भैरहेको उल्लेख गर्दै उहाँले आफूसँगको कुराकानीमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सकारात्म देखिनुभएको बताउनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com