जी सेभेन सम्मेलनपूर्व ट्रम्पसँग फ्रान्स र क्यानडाको वाक्युद्ध


प्रकाशित मिति : जेष्ठ २५, २०७५ शुक्रबार

सम्पन्न देशहरूको समूह जी सेभेनका नेताहरू सम्मेलनका लागि क्यानडामा भेला भइरहँदा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका र सो समूहका अन्य सदस्य राष्ट्रहरूबीच भएको ‘अन्यायपूर्ण’ व्यापार सम्झौताको विषयलाई समाधान गर्ने आशा व्यक्त गरेका छन्।

तर यदि सो विवाद सही ढङ्गबाट समाधान नभए अन्तत: अमेरिकालाई नै फाइदा हुने उनले बताए।

‘अमेरिकी व्यापारिक साझेदारहरू क्रुद्ध’
आयातमा करहरु बढाउने राष्ट्रपति ट्रम्पको घोषणा

वाशिङ्टन र अन्य ६ वटा राष्ट्रहरूबीचको व्यापार तनावले चार दशकको इतिहासमा यो वर्षको जी सेभेन सम्मेलन सबभन्दा तनावपूर्ण हुने ठानिएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ईयूले स्टील र एलुमिनियम आयातमा अमेरिकाले लगाएको नयाँ कर गैरकानुनी भन्दै निन्दा गरेको छ।

तर ट्रम्पले व्यापार अवरोधका लागि क्यानडा र ईयू नै जिम्मेवार रहेको बताएका छन्।

सम्मेलनअघि क्यानडामा फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँले आफूले ट्रम्पलाई मनाउने प्रयास गर्ने बताए।

उनले भने, “राष्ट्रपति ट्रम्पसमक्ष म उनले चालेका कदमहरू प्रत्युत्पादक छन् भनेर दोहोर्‍याउँछु। ती अमेरिकाकै अर्थतन्त्रका निम्ति पनि प्रत्युत्पादक छन्। मित्रहरूमाझ व्यापार युद्ध हुनु हुँदैन भन्ने मेरो मान्यता पनि हो ।”

ट्विटरमा 'वाक्युद्ध'

यो वाक्युद्धमा एकातिर ट्रम्प छन् भने अर्कातिर फ्रान्स र क्यानडा।

‘राष्ट्रपति ट्रम्पसमक्ष म उनले चालेका कदमहरू प्रत्युत्पादक छन् भनेर दोहोर्‍याउँछु। ती अमेरिकाकै अर्थतन्त्रका निम्ति पनि प्रत्युत्पादक छन्। मित्रहरूमाझ व्यापार युद्ध हुनु हुँदैन भन्ने मेरो मान्यता पनि हो’-‘एमानुएल माक्रों, फ्रान्सका राष्ट्रपति’

ट्रम्प र फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँबीच न्यानो सम्बन्ध रहेको बताइने गरेको भए पनि सामाजिक सञ्जालमा त्यस्तो देखिएन।

एउटा ट्वीटमा माक्रोँले यदि ट्रम्प एक्लिन चाहन्छन् भने अन्य ६ देशले आफ्नै सहमति गर्ने बताए।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले अमेरिकाले स्टील तथा एलुमिनियम आयातमा कर लगाउनुको कारणमा राष्ट्रिय सुरक्षाको विषय रहेको भनेकोमा त्यो हास्यास्पद भएको बताए।

प्रत्युत्तर दिन ट्रम्प पनि के कम?

युरोपेली युनियन र क्यानडातर्फ इङ्गित गर्दै उनले ट्वीट गरे। उनले पहिले युरोपेली युनियन तथा क्यानडालाई विशाल व्यापार शुल्क तथा गैरआर्थिक व्यापार अवरोध हटाउन नत्र अमेरिकाको प्रतिक्रिया बेहोर्न भनेका छन्।

रुसमोह
जी सेभेनका सदस्य राष्ट्रहरूमा अमेरिका, ब्रिटेन, फ्रान्स, जापान, क्यानडा, इटली र जर्मनी रहेका छन्।

युक्रेनको क्राइमियालाई गाभेपछि रुसलाई सो समूहबाट निष्काशन गरिएको थियो।

ट्रम्पले रुसलाई पुन: सो समूहमा भित्र्याइनुपर्ने भनेका छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com