रेसुङ्गा विमानस्थलमा तारा एयरको विमानले परीक्षण उडान


प्रकाशित मिति : जेष्ठ २५, २०७५ शुक्रबार

सिमीचौरको रेसुङ्गा विमानस्थलमा परीक्षण उडान गरिएको छ ।

निर्माण कार्य शुरु भएको झण्डै १२ वर्षपछि शुक्रवार तारा एयरको विमानले धुले मैदानमै सफल परीक्षण उडान गरेको हो ।

रेसुङ्गा नगरपालिका-१० सिमीचौर थालेमालेमा रहेको रेसुङ्गा विमानस्थलमा तारा एयरको नाइन वान अल्फा किलोइ कल साइनको विमानले परीक्षण उडान गरेको थियो । परीक्षण उडानका लागि पोखराबाट आएको तारा एयरको विमानमा चालक दलका सदस्यसहित ९ जनाको टोली सवार थिए ।

कुल १८ जना यात्रु अट्ने विमानको उडानमा क्याप्टेनहरु सन्तोष शाहा, प्रभाकरप्रसाद घिमिरे, डिआर निरौला, सब इन्जिनियर नारायण गिरी, पोखरा बिमानस्थल प्रबन्धक निर्देशक भोलाप्रसाद गरागाई, तारा एयर पोखरा म्यानेजर राम लाकिछाने, पलाइट डिस्पोजर सुमन बराल, इन्जिनियर रमित केसी, राजेन्द्र केसी सबार थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

शुक्रवार बिहान ९ बजेर ३० मिनेटका लागि परीक्षण उडानको सयम निर्धारण गरिएपनि मौसम प्रतिकुलताका कारण अपरान्ह ४ बजेको समयमा हवाइजहाज आएको थियो ।

परीक्षण उडान कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, नेपाल नागरिक उड्यन प्राधिकरण प्रमुख सञ्जीव गौतम, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, उद्योग बाणिज्य संघ केन्द्रीय अध्यक्ष चन्द्र ढकाल लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमम परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले गुल्मेलीहरुको दशकौको जहाज चढने सपना पूरा भएको बताएका थिए ।

उनले गुल्मेलीहरु अब ४५ मिनेटमा गुल्मीबाट काठमाडौ पुग्न सक्ने बताए । ‘गुल्मेलीहरुसँगै म पनि खुसी छु । तत्कालीन संस्कृति तथा पर्यटनमन्त्री हुँदा आफूले मन्त्री बनेको एक महिनामै शिलान्यास गरेको थिए र अहिले पनि नेपाल सरकारको मन्त्रालयमा रहदा यसको शुभारम्भ गर्न पाएँ,’ मन्त्री ज्ञवालीले भने ‘म त केबल पात्र मात्रै हुँ ।’

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com