प्रदेश ५ को सरकारले नीति कार्यक्रम आज प्रदेशसभामा पेश गर्दै


प्रकाशित मिति : जेष्ठ २५, २०७५ शुक्रबार

प्रदेश नम्वर ५ को सरकारले आगामी आर्थिक वर्ष २०७५।७६ को नीति कार्यक्रम आज प्रदेश सभामा पेश गर्दैछ ।

नीति कार्यक्रम पेश गर्न आज दिउसो १ बजेका लागि प्रदेश सभाको बैठक बोलाईएको छ ।हिजो साझ बसेको मन्त्रिपरिषदको बैठकले नीति कार्यक्रम पारित गरी प्रदेश सभा बैठकमा पेश गर्ने निणर्य गरेको हो ।

मन्त्रि परिषदको बैठकले नीति कार्यक्रम प्रदेश सभामा वाचन गर्नका लागि प्रदेश प्रमुख उमाकान्त झालाई अनुरोध गर्ने निणर्य गरेको सरकारका प्रवक्ता तथा भौतिक योजना तथा पुर्वाधार बिकास मन्त्रि बैजनाथ चौधरीले जानकारी दिनुभयो ।

आगामी आर्थिक वर्षको नीति कार्यक्रममा चालु आर्थिक वर्षमा समावेश गरीएका नीति र कार्यक्रमलाई अद्यावधिक गरी केही बिषेश योजना र कार्यक्रमहरु समेटिएका छन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com