पश्चिम सेती फेरि विवादमा : अाफैँ बनाउने सरकारकाे भनाइप्रति चीनकाे प्रतिक्रिया यस्ताे अायाे


प्रकाशित मिति : जेष्ठ २४, २०७५ बिहीबार

लामाे समयदेखि चर्चा र विवादकाे केन्द्रमा रहँदै अाएकाे पश्चिम सेती जलविद्युत परियाेजना पुनः विवादमा परेकाे छ । सरकारले चीनकाे सरकारी कम्पनी थ्रिगर्जेजबाट फिर्ता लिएर अाफैँ बनाउने भनिएकाे साे अायाेजनामा चीनले सम्झाैता रद्द नभएकाे प्रस्ट पारेकाे छ ।

चीनको विदेश मन्त्रालयले ७५० मेघावाटको पश्चिम सेती परियोेजना सम्पन्न गर्न थ्री गर्जेजसँग भएको सम्झौता रद्द नभएको जनाएकाे हाे । यसअघि सरकारले ल्याएको अागामी अार्थिक वर्षकाे बजेटमा साे आयोजना नेपाल आफैंले निर्माण गर्ने भन्दै बजेटसमेत छुट्याएकाे अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका थिए
बुधबार चिनियाँ विदेश मन्त्रालयमा भएकाे पत्रकार सम्मेलनमा नेपाल सरकारले पश्चिम सेती आयोजनामा चिनियाँ फर्मसितको सहकार्यलाई रद्द गर्ने निर्णय गरेको समाचार अाएकाे भन्दै पत्रकारहरूले यसबारे चीन सरकारकाे धारणा माग गरेका थिए । साे क्रममा विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुनयिङले समाचार झुटाे भएकाे दाबी गरिन् ।

चुनयिङले पश्चिम सेती परियाेजनामा भएकाे नेपाल सरकारसँगकाे सम्झाैता रद्द नभएकाे बताएकी थिइन् । उनले भनिन्, ‘यो व्यावसायिक महत्वकाे परियोजना हो, हाल यसको आर्थिक सम्भाव्यता र अन्य पक्षबारे चिनियाँ कम्पनीले नेपाली पक्षसँग छलफल गरिरहेको छ ।’

अागामी असार ५ गतेबाट हुने प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणकाे पूर्वसन्ध्यामा यस परियाेजनाबारे बहस र चर्चा सुरू भएकाे छ । परियोजनाबारे विभिन्न प्रश्न उठेपछि चीनको विदेश मन्त्रालयले चिनियाँ कम्पनीले नेपालसँग गरेको सम्झौता खारेज नभएको जनाएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यता, प्रधानमन्त्री अध्यक्ष रहेकाे लगानी बोर्डले पनि बुधबार नै एक विज्ञप्ती जारी गर्दै पश्चिम सेती परियोजनामा भएकाे सम्झाैता रद्द भइनसकेकाे बताएकाे छ । आर्थिक सम्भाव्यताका विषयमा थ्री गर्जेजले गरेको पत्राचार बोर्डमा विचारधिन अवस्थामा नै रहेकाले नेपाल सरकारले बनाउने वा चिनियाँ लगानी भित्र्याउनेबारे कुनै यकिन निर्णय भइनसकेकाे विज्ञप्तीमार्फत जनाइएकाे हाे ।

यसअघि चिनियाँ र नेपाली संयुक्त लगानीमा आयोजना अघि बढाउने सम्झाैता भएकाे थियाे, जसमा चीन थी गर्जेजकाे ७५ प्रतिशत लगानी र बाँकी २५ प्रतिशत लगानी नेपाल सरकारको रहने जनाइएकाे थियाे ।

०७१ काे साउनबाटै निर्माण शुरु गरेर ०७६ को पुस दोस्रो सातामा सम्पन्न गर्ने लक्ष्य राखी ऊर्जा मन्त्रालय र थ्री गर्जेजबीच १७ फागुन ०६८ मा समझदारी भएको थियो । तर, अहिलेसम्म आयोजनाको कुनै भौतिक प्रगति हुन सकेकाे छैन

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com