गोसाईंकुण्डमा केबलकार निर्माण हुने


प्रकाशित मिति : जेष्ठ २३, २०७५ बुधबार

धुञ्चे गोसार्इंकुण्ड केबलकार निर्माणका लागि सम्भाव्यता अध्ययन गराउने प्रदेश सरकारकोे निर्णयबाट रसुवावासी उत्साहित भएका छन् ।

गोसार्इंकुण्डमा केबलकार निर्माण गर्ने अवधारण २०६० सालदेखि नै ल्याइए पनि विद्युत्को अभावमा कार्यान्वयनमा आउन सकेको थिएन् । चिलिमे जलविद्युत् कम्पनीले रसुवामा पहिलो पटक २२ मेघावाट विद्युत् उत्पादन गरेसँगै गोसार्इंकुण्डमा केबलकार निर्माण गर्ने आवधारणाले मूर्तरुप लिन सक्ने भएको छ ।

जिन्दगीमा एक पटक पुग्नै पर्ने तीर्थ गोसाईंकुण्डको यात्रा सहज बनाउन प्रदेश नं। ३ का सरकारले गरेको निर्णयले अब धुञ्चे—गोसाईंकुण्ड केबलकार निर्माणमा सहज भएको नागरिक समाजले जनाएको छ ।

केबलकारको निर्माणले प्राकृतिक छटाको अवलोकन गर्दै गोसाईंकुण्ड सरर जान सहज हुनेछ । धुञ्चे गोसार्इंकुण्ड केबलकार निर्माणका लागि प्रारम्भिक प्रतिवेदन तयार भइसकेको, केबलकारको दुरी धुञ्चेबाट गोसार्इंकुण्ड आठ किलोमिटर रहेको, भगवानशंकर गोसाईंबाबाले निलाद्रिपर्वत जाँदा प्रयोग गर्नुभएको मार्गलाई नै अनुशरण गरिएको तथा गोसार्इंकुण्ड गाउँपालिकाकै वडा नं ५ र ६ अन्तर्गत धार्मिक मार्गमा पाँच वर्षभित्र केबलकार निर्माण गरीसक्ने लक्ष्य लिइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

केबलकार निर्माणका लागि रु दुई अर्ब लागतअनुमान गरिएको छ । रसुवाका– ५ वटै गाउँपालिका र केही निजी क्षेत्रको समेत लगानीमा केबलकार निर्माण गर्ने तय भइसकेको र त्यसमा चिनियाँ लगानीकर्ताले पनि लगानी गर्ने प्रतिवद्धता जनाएको स्थानीय अध्ययन तामाङले बताउनुभयो ।

स्याफ्रु—मैलुङ सडक निर्माण भइसकेको र धुञ्चे जोड्ने करीब पाँच किमि। सडकको निर्माण प्र्रक्रिया पनि अगाडि बढिसकेकाले अब बेत्रावतीबाट मोटरद्वारा एक घण्टामा धुञ्चे पुग्ने वातावरण सृजना भएको गोसाईंकुण्ड गाउँपालिकाले जनाएको छ ।

भगवान शंकर हिँडेको मार्गलाई पहिल्याइ शास्त्रीय विधिअनुरुप धुञ्चे गोसाईंकुण्ड केबलकार निर्माण गर्ने प्रस्तावले सम्पूर्ण लामा गुरुहरुमा उत्साह बढाएको बताउँदै पुरोहित टंकप्रसाद ढकालले भन्नुभयो, “स्थानीय सरकारले लिएको नयाँ नीतिबाट अब लाखाैंलाख भक्तजनलाई तीर्थ पुग्न सहज हुनेछ ।”

गोसाईकुण्डमा स्नान एवं पूजा गर्नाले आफूले मागेका सबै वर भगवानले दिने, शरीरमा रोग लाग्न नदिने, लागेका रोग हट्ने, घर परिवारमा सुख शान्ति मिल्ने र कामका लागि गएका सबै परिवारको लक्ष्य पूरा भई धन धान्य हुने विश्वास रहिआएकाले जो कोही मानिसले पनि जिन्दगीमा एक पटक भए पनि यो कुण्डमा पुग्नैपर्ने मान्यता रहिआएको पुरोहित ढकालले बताउनुभयो ।

धुञ्चे गोसार्इंकुण्ड केबलकारको अवधारणा २०६० सालबाट तत्कालीन समयमा राससले समाचार उत्पादन गरी गोरखा, पत्र र रेडियो नेपालले प्रकाशन प्रशारण गरेको र जनहितकारी कार्यमा यी संस्थाले पुु¥याएको योगदान अविस्मरणीय रहेको रसुवाका नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले स्मरण गर्नुभयो ।

धुञ्चे गोसार्इंकुण्ड केबलकार निर्माणले अब भक्तजन मात्रै होइन, पर्यटकसमेत बृद्धि हुने बताउँदै रसुवा– नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम (दुर्गानाथ) न्यौपानेले गोसार्इंकुण्डमा पर्यटकको अभिवृद्धि गर्न आफ्नो संस्था निरन्तर अगाडि बढ्ने बताउनुभयो ।

प्रदेश नं. ३ का सरकारले स्याफ्रुवेँशी, लाङटाङ क्याङजेन पर्यटकीय क्षेत्रलाई डा. प्रल्हाद योञ्जन रेडपाण्डा पदमार्ग नामाकरण गरेकोमा लाङटाङवासीले त्यसको पनि स्वागत गरेका छन् ।

लाङटाङ पुनः निर्माण व्यवस्थापन समितिका अध्यक्ष तेम्बा लामाले अवका दिनमा लाङटाङ क्षेत्रमा पर्यटकको संख्या वृद्धि हुनेमा लाङटाङवासी आशावादी रहेको बताउनुभयो ।

डा योञ्जनका अनुसार, रसुवाको हिमाली क्षेत्रमा रेडपाण्डा भएको पुष्टी १९८७ मा नै भएको थियो । उहाँको अध्ययनबाट चन्दनबारी तथा लाङटाङ पदमार्गको ठूलो स्याफ्रुको माङ्चे जंगललगायत क्षेत्रमा विश्वमा दुर्लभ मानिएको रेडपाण्डा पाएको पुष्टि गरेपछि संरक्षणका लागि सहभागितामूलक तवरले सबै क्षेत्र अगाडि बढीरहेको लाङटाङ राष्ट्रिय निकुञ्जले जनाएको छ ।

धुञ्चे गोसार्इंकुण्ड केबलकार निर्माणको काममा लगानीकर्तालाई पूर्णरुपमा सहयोग र समर्थन मिल्ने तथा छिटोभन्दा छिटो निर्माणका लागि आफूले समन्वयकारी भूमिका निर्वाह गरिरहेको जिल्ला समन्वय समितिका प्रमुख कुलप्रसाद भट्टले बताउनुभयो ।

भारतीय नागरिक मानसरोवर तर्फ

रसुवागढी नाकाबाट मानसरोवर जाने भारतीय नागरिकको संख्या बढ्दै गएको छ ।

गत वैशाखदेखि आगमन शुरु भएको धार्मिक मानसरोवर यात्राका लागि सोमबार साँझसम्म भिसा प्रणालीबाट एक हजार ५६५ भारतीय नागरिक रसुवागढी नाका हुँदै चीनतर्फ प्रस्थान गरेको अध्यागमन कार्यालय रसुवागढीले जनाएको छ ।

निमित्त अध्यागमन प्रमुख मानबहादुर बरालका अनुसार मानसरोबर धार्मिक क्षेत्र भएकाले केरुङ हँुदै जाने भारतीय धार्मिक पर्यटकको संख्या दिनानुदिन बढ्दै गएको छ । मानसरोबर जानेको आगमन असोजसम्म चल्ने छ ।

यस्तै रसुवागढी नाकाबाट नेपाल चीन अउनेजाने पर्यटकको संख्या पनि उल्लेखनीय वृृद्धि भएको छ । यो नाकाबाट चालु आर्थिक वर्षको अहिलेसम्म १३ हजार ४७९ जना नेपाल भित्रिएका छन् । यहाँबाट ६० भन्दा बढी मुलुकका पर्यटक भिसा प्रणालीमार्फत् चीनतर्फ प्रस्थान गरेका छन् । चालु आर्थिक वर्षको अहिलेसम्म आठ हजार २८२ पर्यटक यो नाकाबाट चीनतर्फ प्रस्थानज गरेको अध्यागमन कार्यालय रसुवागढीका अभिलेखकर्ता सागरमणि पोख्रेलले जानकारी दिनुभयो ।

मानरोवर आउने भारतीय नागरिकका लागि पश्चिम क्षेत्र हुम्लाबाट पनि हेलिकप्टर सञ्चालन भइरहेको छ ।

सिम्रिक एयरका अनुसार हुम्लाको सिमिकोटबाट हिल्सासम्म भारतीय धार्मिक पर्यटकका लागि विभिन्न कम्पनीका १० वटा हेलिकप्टर प्रयोग भइराखेको छ । नेपाल र चीन सिमानाको १२ हजार ५०० फिट उचाइ हिल्सामा हेलिकप्टरबाट झरेपछि उनीहरु चिनियाँ मोटरबाटोबाट मानसरोवर तर्फ लाग्ने गरेको पाइलट विवेक खड्काले बताउनुभयो ।

मानसरोवर जाने भारतीय तीर्थ यात्री हिल्साबाट गएको तीन चार दिनपछि फर्कने गरेको पाइएको समेत पाइलट खड्काले बताउनुभयो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com