गोर्खाको गाउमा भेटियो एउटा परिवार जो शौचालयमा सुत्न बाध्य छन् ! (भिडियो सहित)


प्रकाशित मिति : जेष्ठ २३, २०७५ बुधबार

सिरानचोक गाउँपालिका वडा नम्बर ७ तल्लो गोहोरका एक परिवार बिचल्लीमा परेका छन यो परिवार अहिले शौचालयमा बनाइएको झोपडीमा रात कटाई रहेका छन् । भूकम्पले घर लगे पछी अस्थायी टहरामा बसेका दलबहादुर बिकको छोराछोरी लामो समय देखि शौचालयमा बस्ने गरेका हुन् । आर्थिक अबस्था कमजोरी को कारण र आफ्नो स्वास्थ अबस्था ठिक नभएका कारण आफ्ना छोराछोरी लाइ नेपाल रेड्क्रस उपसाखा श्रीनाथकोट द्वारा निर्माण गरिएको सौचालयमा राख्न बाध्य छन दलबहादुर बिक।

दलबहादुर बिकको परिवारको जिबन स्थर उकास्ने र यि शिक्षा को मुलधार बाट बन्चित बालबालिका लाइ शिक्षा प्रदान गर्ने उदेश्य सहित एउटा अभियान सुरु भएको छ। जुन अभियान लाइ जनकल्याण माविका शिक्षिका वर्षा ढकाल लगायत बलराम ढकालले सुरु गरेका छन ।

जनकल्याण माविका शिक्षिका वर्षा ढकाल भन्छिन : दलबहादुर बिक परिवारको अबस्था निकै दुखत लाग्दो र उनिहरु को ५ छोरा छोरी जो शिक्षाको मुल धार बाट बन्चित भैरहेको जानकारी पाएर यि नानी बाबु को शैक्षिक प्रगती को लागि बिभिन्न शैक्षिक सामाग्री सहयोग गर्नु हुने पालुङटार निवासी श्री सुवास गान्धरि ज्यु लाइ हार्दिक आभार ब्यक्त गर्दछौ। साथै उहाँ सम्म यो सूचना प्रवाह गरेर उक्त परिवार सम्म सामाग्री प्रदान गर्न सहयोग गर्नु हुने समाजसेवी आदरणीय दाइ रन बहादुर बसेल प्रती पनि आभार व्यक्त गर्दछु। यदि तपाइ हरु पनि यि बच्चा बरु को शैक्षिक उन्नति को लागी सहयोग गर्न चाहानु हुन्छ भने यो नम्बरमा सम्पर्क गर्न सक्नु हुन्छ बर्षा ढकाल ९८४०१५२७१२ र बलराम ढकाल ९८४१५४०७८२.

समाज सेवी सरिता गुरुङ आफ्नो वालमा लेख्नु हुन्छ : 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गाेरखा जिल्ला सिरानचाेक गा पा ७ श्रीनाथकाेट तल्लाेगाेहारेका दल ब विक र विमला वि क काे ७ परिवार बस्ने घर हाे याे ।दल ब स्पष्ट बाेल्न सक्दैनन् भने विमलाकाे मानसिक अवस्था कमजाेर भएकाले केही गरेकाे थाहै छैन एकाेहाेरे बर्बराइ रहन्छिन। ५ जना मध्ये ४ जनालाई जनकल्णा मा विका शिक्षक शिक्षिकाले खाजा र पैसा उठाएर कपडाकाे व्यावस्था गरि विद्यालयमा अाउने वातावरण गराउनु भयाे । १ वटा दुधे बालक अर्ध चेत विमलाकाे काखमा छ । खानेकुरा छैन, पकाउने भाडा छैन, अाेड्ने अाच्छ्याउने छ‌न, लगाउने कपडा छैन । बर्षामा पानी अाेत्ने घर छैन । वडा कार्यलयमार्फत जाईकाकाे घर निमाण तालिमकाे क्रममा घर त बनाइयाे तर छाउन सकिएन । शिक्षक शिक्षिकाकाे पहलमा असल छिमेकी नेपालले जस्ता र केही अाङ्ग छाेप्ने कपडा पठाईदियाे । तर घर निर्माण हुन सकेकाे छैन ।

जनकल्याण मा वि का केही शिक्षक शिक्षिका याे दुख प्रति धेरै चिन्तत हुनु भएकाे हामीले महसुस गर्याेै । र हामी यी ४ जान बालकलाई कुनै भरपर्दाे संस्थामा पढाईकाे लागि वडा कार्यलय मार्फत पठाउन चाहान्छाै । यदि काेही कसै र कुन‌ जिम्मेवार सस्था भएमा यी अबाेध वालककाे पठन पाठनकाे व्यवस्था गरि मानविय सेवा गर्नुहुन अनुराेध गर्दछाै ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com