राजकुमार राईले आठवटा टाँका लाग्ने गरेर भेटे पत्नीको कुटाइ ; किन होला ?
प्रकाशित मिति : जेष्ठ २३, २०७५ बुधबार
चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष राजकुमार राईले श्रीमती अपूर्वाको धुलाई भेटेका छन् ।
अस्ति मध्यान्ह कार्यालयमै पुगेर पत्नीले भकुरेकी हुन् । जनआस्था साप्ताहिकले समाचार छापेको छ ।
यसरी पत्नीबाट चुटाई भेट्नुको कारण भने रोचक छ । पुतलीसडकबाट कुमारी हलतिर केही अगाडि बढेपछि राईको कार्यालय छ, आरसी पिक्चर्स भनेर ।
त्यही कार्यालयको सबैभन्दा माथि एउटा खाट राखेका छन् उनले ।
त्यही खाटमा अरू कसैसँग रमाइरहेको सुराक मिलेपछि पत्नी गत बिहीबार मध्यान्ह छड्के हान्न पुगेको बताइन्छ ।
श्रीमतीको आक्रमणबाट टाउकामा चोट भेटेपछि आठवटा टाँका लगाइएको छ । यसअघि रातोपुलमा यस्तै काण्ड मच्चिएको पोल निलहरि काफ्लेले खोलिदिएपछि लफडा भएको चर्चा छ ।





