विवेकशील साझा पार्टीका नेता नेकपामा प्रवेश


प्रकाशित मिति : जेष्ठ २३, २०७५ बुधबार

विवेकशील साझा पार्टी पर्सा जिल्ला अध्यक्षसहितको समूह नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेको छ ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास खुमलटारमा आयोजित एक कार्यक्रममा सो पार्टीका नेताहरु पार्टी प्रवेश गरेका हुन् । उनीहरुलाई अध्यक्ष दाहालले अविर र माला लगाएर पार्टी प्रवेश गराउनु भएको हो ।

पार्टी प्रवेश गर्नेमा विवेकशील साझा पार्टीका पर्सा जिल्ला अध्यक्ष रामकुमार पाण्डेको नेतृत्वमा पार्टीका व्यवस्थापिका प्रमुख बबिल थापा, कार्यपालिका प्रमुख मुस्ताक अलाम, न्यायपालिका प्रमुख सुरेशकुमार बादललगायत हुनुहुन्छ ।

सो अवसरमा अध्यक्ष दाहालले विभिन्न क्षेत्रमा रहेका प्रगतिशील तथा देशभक्तलाई संगठित गरेर समृद्ध नेपाल निर्माण गर्ने महाअिभयानमा पार्टी केन्द्रित रहेको बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उहाँले नवप्रवेशीलाई उचित जिम्मेवारी दिइनेसमेत प्रतिबद्धता व्यक्त गर्नुभयो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com