नारायणगढ– मुग्लिन सडक कालोपत्रे गरेर सकियो , दैनिक ६ घण्टा बन्द नहुने


प्रकाशित मिति : जेष्ठ २३, २०७५ बुधबार

gf/fo0fu9–d’lUng ;8sdf hfd lrtjgsf] gf/fo0fu9–d’lUng ;8sdf ePsf] ;jf/L hfd . oxfF b}lgs ?kdf ePsf] ;8s hfdn] ;f:tL Joxf]g'{ k/]sf] ofq’ atfpF5g . tl:a/ M gf/fo0f 9’+ufgf, /Tggu/-lrtjg_, /f;;

सधै चर्चामा आउने गरेको नारायणगढ–मुग्लिन सडकखण्डको ३३.२ किलोमिटर कालोपत्रेको काम सकिएको छ ।
निमार्णधिन सडक तीन वर्षपछि पूर्णरुपमा कालोपत्रेको काम सकिएको हो ।

कालोपत्रेको काम सकिए सगै बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म हुँदै आएको बन्द पनि हटेको छ ।
बाँकि रहेको चेपाङ्ग डाँडाको घुम्तीको ६० मिटर सडकमा पहिलो तहको कालोपत्रे गरेपछि सबै सडकको कालोपत्रेको काम सकिएको हो । आजदेखि सडकखण्डमा कहिँ पनि खाल्डाखुल्डी, धुलो र हिलोको समस्या हटेर गएको छ ।

गएको पुस १८ गतेबाट दैनिक विहान १० देखि ४ बजेसम्म नारायणगढ– मुग्लिन सडक खण्डमा यातायातका साधन चलाउन बन्द गरेर काम हुँदै आएको थियो । तर आजबाट १० बजेदेखि ४ बजे सम्मको बन्द हटेको सूचना अधिकारी शिव खनालले जानकारी दिए । उनले भने, ‘अब सडक बन्द गरेर नै काम गर्नुपर्ने अवस्था छैन ।’

निर्धारित समयभन्दा झण्डै १४ महिना ढिलो यो आयोजना सम्पन्न हुने क्रममा छ । आयोजनालाई तीन खण्डमा विभाजन गरी अलग–अलग ठेकेदारहरु मार्फत निर्माणको काम अघि बढाइएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com