ग्वाटेमालामा पुनः ज्वालामुखी बिस्फोटः अहिलेसम्म ७२ को मृत्यु, स्थिती भयावह


प्रकाशित मिति : जेष्ठ २३, २०७५ बुधबार

ग्वाटेमालामा पुनः ज्वालामुखी विस्फोट हुन थालेको छ । ज्वालामुखी बिस्फोटपछि आपत्कालीन सेवाका अधिकारीहरूले वरपरका मानिसहरूलाई सुरक्षित स्थानमा सारिरहेका छन् ।

बीबीसीका अनुसार फोएगो नामक ज्वालामुखीबाट ताजा लाभा निस्केर दक्षिणतिर खसिरहेको छ ।

आइतबार ज्वालामुखी विस्फोट भएयता कम्तीमा ७२ जनाको ज्यान गइसकेको छ भने  भने अन्य कैयौँ हराइरहेका छन् ।

ज्वालामुखी विस्फोटका कारण १७ लाख मानिस प्रभावित भएको अधिकारीहरूले बताएका  छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तीन हजारभन्दा बढी मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ भने धेरै मानिसहरूले अस्थायी रूपमा आश्रय लिइरहेका छन् ।

ज्वालामुखी पर्वतको भीरमा रहेका गाउँहरू खरानी र हिलोले पुरिएका छन्।

ज्वालामुखीसम्बन्धी विज्ञहरूले सुरूमा १० किलोमिटर माथिसम्म खरानी फालेको ज्वालामुखी निकट भविष्यका लागि समाप्त भएको मंगलबार बताएका थिए ।

ग्वाटेमालाको राष्ट्रिय भूगर्भ केन्द्रका प्रमुख एड्डी सान्चेसले आगामी केही दिनसम्म ज्वालामुखी विस्फोट नहुने बताएका थिए।

मंगलबार नयाँ विस्फोट भइरहँदा आपत्कालीन सेवाका अधिकारीहरूले शवको खोजी गरिरहेका थिए।

ग्वाटेमालाको विपद् नियन्त्रण निकायका प्रमुखले आइतबार ज्वालामुखी विस्फोट हुनुअघि कुनै चेतावनी जारी नगरिएको बताएका छन्।

स्थानीयबासिन्दाहरूले आपत्कालमा बच्ने उपायबारे प्रशिक्षण लिए पनि एकदम छिटो ज्वालामुखी विस्फोट भएकोले उनीहरूले सिकेका कुरा लागु गर्न नसकेको उनको भनाइ छ।

ज्वालामुखीसम्बन्धी एकजना विज्ञले ज्वालामुखीबाट निस्किरहेको खरानी र हिलो खतरनाक भएको भन्दै त्यसलाई नजरअन्दाज गर्न नहुने बीबीसीलाई बताए।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com