केरुङबाट रेल ल्याउन यस्तो कठिन !
प्रकाशित मिति : जेष्ठ २३, २०७५ बुधबार
काठमाडौं-केरुङबाट काठमाडौं हाई स्पिड रेल ल्याउने काम प्राविधिक कारणले कठिन देखिएको छ ।
आजको घटना र विचार साप्ताहिकका अनुसार चीनको एनआरए का प्रतिनीधिमण्डलले नेपालको स्थलगत अध्ययन गरिसकेपछि केरुङवाट काठमाडौंसम्म हाई स्पिड रेल ल्याउन भौगोलिक कठिनाई हुने र अधिक खर्च लाग्ने निश्कर्षदिएपछि नयाँ समस्या पैदा भएको हो ।
एनआरए प्रतिनीधिमण्डलको निश्कर्षपछि केरुङबाहेक अन्य स्थानबाट रेलमार्ग बनाउने सक्ने वा नसक्नेवारे सम्भाव्यता अध्धयन भैरहेको बुझिएको छ ।
घटना र विचारको समाचारमा जनाइए अनुसार हाई स्पिड रेल मार्ग निर्माण गर्दा गे्रडिएन्ट मिलाउनुपर्ने हुन्छ । केरुङ र काठमाडौंको उचाईमा ठूलो अन्तर रहेकाले गे्रडिएन्ट मुस्किल हुने प्राविधिज्ञहरुको ठहर छ ।
काठमाडौंको उचाई एक हजार तीन सय ५० मिट छ भने केरुङ तीन हजार दुई सय मिटरमा अवस्थित छ ।
तीन डिग्रीभन्दा माथिको गे्रडिएन्ट मिलाउन नसकिने र तीन डिग्रीसम्मको गे्रडिएन्टमा केरुङ काठमाडौं हाई स्पिड रेल मार्ग हुन नसक्ने भएकाले यहाँ हाई स्पिड रेल मार्ग बनाउने सम्भावना कम भएको समाचारमा जनाइएको छ ।
तर, केरुङबाट काठमाडौंसम्म रेकमार्ग बनाउन नसकिने अबस्था देखिएको भएपनि चीनको अन्य कुनै स्थानबाट काठमाडौंलाई जोड्नेवारेमा अध्यय भैरहेको बताइन्छ ।
अर्कोतिर चीनले नेपालको सीमासम्म रेकमार्ग निर्माण गर्नुअगाडि रसुवागढीदेखि काठमाडौं र पोखराहुँदै लुमिबनीसम्मको रेलमार्ग बनाइने निश्चिता खोजेको छ ।
काठमाडौंदेखि लुम्बिनी र चीनको सीमानाकासम्म रेलमार्ग बनाउन नेपाल प्रतिबद्ध भएको अबस्थामा मात्र चीन नेपालको सीमानाकासम्म रेलमाथ बनाउन तत्पर रहने सम्बद्ध सूत्रहरुले जनाएको घटना र विचारमा समाचार छ ।