बेचबिखनको जोखिममा रहेका ८ किशोरीको उद्धार


प्रकाशित मिति : जेष्ठ २२, २०७५ मंगलबार

जागिर पाउने आश्वासनमा अभिभावकलाई जानकारी नदिई काठमाडौंमा ल्याइएका ८ जना किशोरीको उद्धार गरिएको छ ।

काठमाडौंमा रहेको समाजसेवा र मानवअधिकारमा महिला, युवा सशक्तिकरण संस्थाले किशोरीको उद्धार गरेको हो । उद्धार गरिएका सबै एसइइ दिएका किशोरी हुन् ।

म्याक्स वेल कलंकीले विभिन्न जिल्लाका किशोरीहरुलाई काम लगाईदिने आश्वासन दिएर काठमाडौंमा ल्याई बेचेको थाहा पाएपछि किशोरीको उद्धार गरिएको समाजसेवा र मानवअधिकारमा महिला, युवा सशक्तिकरणका कार्यक्रम तथा संचार व्यवस्थापक लछु सापकोटाले बताए ।

यही जेठ २० गते सिन्धुपाल्चोकका ४ जना किशोरीलाई बनेपाबाट, २१ गते लमजुङका २ जना र सिन्धुपाल्चोकका २ जनालाई काठमाडौंबाट उद्धार गरिएको उनले बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनका अनुसार उद्धार गरिएका किशोरी १३ देखि १७ वर्षका छन् । उद्धार गरिएका सबै किशोरीलाई काठमाडौंका दुईटा पुनस्र्थापना गृहमा राखिएको छ ।

किशोरीको उद्धार गरे पश्चात म्याक्स वेल कलंकीमा सोमबार राती प्रहरीले छापा मारी कम्पनीका म्यानेजर सबिन जिसी, कर्मचारी अनिता थापा र बिनोद ढुंगानालाई पक्राउ गरेको छ ।

घटनाको बारेमा महानगरीय प्रहरी वृत्त कालिमाटीले थप अनुसन्धान थालेको जानकारी दिएको छ ।

म्याक्स वेल कलंकीले देशका २२ जिल्लामा कार्यालय स्थापना गरेर घरपरिवारलाई थाहै नदिई किशोरीलाई भगाएर काठमाडौंमा ल्याउने र उनीहरुबाट ५ सय रुपैयाँ प्रवेश शुल्क उठाई डटपेन, कापी लगायतका विभिन्न सामानहरु बेच्न पठाउने गरेको थाहा भएको छ ।

उद्धार गरिएका किशोरीहरुले म्याक्स वेलले यसरी ल्याएका सबै किशोरीलाई एउटै ठाउँमा खाने बस्ने व्यवस्था समेत गरेको छ । काठमाडौंमा आइ मार्केटिङ् गरेको एक दुई महिनाभित्रै विदेश भ्रमणमा समेत पढाउने आश्वासन म्याक्स वेलले दिएको पनि किशोरीको भनाइ छ ।

म्याक्स वेलले परिवारको जानकारी बिना नै किशोरीलाई गाउँबाट भगाएर ल्याउने र विदेश पठाइदिने आश्वासनमा आफ्नै संरक्षणमा राखेका कारण कतै उनीहरुलाई बेच्ने उद्देश्यले हो कि भन्ने शंका लागेर उद्धार गरिएको समाजसेवा र मानवअधिकारमा महिला, युवा सशक्तिकरणले जनाएको छ ।

यसरी गाउँगाउँबाट ल्याइ काठमाडौंमा मार्केटिङ्मा पठाई विदेश पठाउने भनिएका किशोरीका बारेमा ग्रामीण महिला सृजनशील परिवारले जानकारी दिएपछि प्रहरीसँगको सहकार्यमा किशोरीको उद्धार गरिएको पनि सो संस्थाले जनाएको छ ।

महानगरीय प्रहरी वृत्त कालिमाटीका प्रहरी नायव उपरीक्षक प्रदिप बहादुर क्षेत्रीले घटनाको अनुसन्धान भइरहेकोले अहिले नै सबै कुरा भन्न नमिल्ने बताए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com