न्युयोर्कमा नेवा: नख:को म्हपूजा भब्य (फोटो फिचर)


प्रकाशित मिति : कार्तिक १८, २०७३ बिहीबार

नेवा: नख: न्यूयोर्कले नेपाल सम्बत ११३७ को शुभकामना आदानप्रदान गर्दै  म्हपुजा  मनाएको छ । नेवा: समुदायको महान पर्व म्हपुजाको अवसरमा न्युर्योकस्थित शेर्पा किदुगको हलमा म्हपुजा कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा नेवा: समुदायका साथै विभिन्न नेपाली समुदायका प्रतिनिधिहरुको साथै विदेशीहरुको पनि उपस्थिति थियो ।

नख: ले आयोजना गरेको पुजामा अध्यक्ष राजा शाक्यले सहाभागीहरुलाई स्वागत गदै नेवा: समुदायमा नयाँ बर्ष नेपाल सम्बत ११३७ को शुभकामना तथा म्हपुजाको महत्वको बारेमा जानकारी दिनुभयो  ।

पुजाको शुरुवात पश्चात नेवास्रनेपाली समुदायमा महत्वपुर्ण योगदान र कार्य गदै आएका विभिन्न बिदेशी व्यक्तिहरु र आआफ्नो क्षेत्रबाट समाजमा योगदान गरेका नेवा: चेलीहरूलाई  अभिनन्दन गरिएको थियो । सम्मानीत हुनेहरुमा जोली अमात्य, कञ्चन अमात्य, अलेक्जेण्डर गर्गिल, शेरी ओना हाडलिन, नातासा ओजनाइक, लुना रञ्जित, सन्जिता प्रधान, एलेन कून र नख: पुर्व अध्यक्ष बिरेन्द्र प्रधान हुनुहुन्थ्यो ।

कार्यक्रममा नेपाल कन्सुलेटको बाणिज्यदुत कृषु क्षेत्रीले नेपाल सम्वत ११३७ को नेवा: क्यालेन्डर विमोचन गरी नेपाली नयाँ बर्षको महत्व बारे प्रकाश गर्नु भै सबै नेपालीको स्वास्थ, सुख र उन्नतिको शुभकामना दिनुभयो। यो नेवा: क्यालेन्डर प्रकाशन अमेरिकामा पहिले पटक थियो । उक्त अवसरमा संस्थाका उपाध्यक्ष विष्णुमान प्रधानले सवै अतिथिहरु र सहयोगीहरूलाई धन्यवाद दिनुभयो ।

सन २०११ मा स्थापना भएको नखले  तेस्रो पटक आयोजना गरेको पुजामा नेवा: समुदायका साथै अन्य विभिन्न समुदाय र विदेशी समेत उपस्थीत थिए ।  दिपिका श्रेष्ठले संचालन गरेको कार्यक्रममा नख: सल्लाहकार अजय छोचूंले मन्त्रविधिबाट म्हपुजा शुरु गरिएको थियो । ह्वाईट हाउस ईनिसीएटिभ अन एसियन अमेरिकन्स एन्ड प्यासिफीक आईलान्डर्स बाट  पठाईएको शुभकामना सन्देश कार्यक्रम सञ्चालिका श्रेष्ठले पढेर सुनाउनु भयो ।

महिला स्वयमसेवकहरू नखका सदस्य बिमला  श्रेष्ठ, श्रीकमल शाक्य, अनिता बज्राचार्य, उजिला प्रधान, संगीता मुखिया छोचूं , लघु शाक्य र सबिना शाक्यहरूले सहभागीहरूलाई पुजा गरी सगुन वितरण गर्नुभयो भने पुरूष स्वयमसेवकहरू नखका महा सचिब महेन्द्र बिर बज्राचार्य, सचिव नरेश मान शाक्य, भुतपूर्ब सचिब संजय शिलाकर, सदस्यहरू प्रज्वल प्रधान, मनोज कुमार महर्जन, सुजन श्रेष्ठ, सन्जन प्रधान, सुमन कर्माचार्य, उमेश श्रेष्ठ र मिल्लेनियम श्रेष्ठले सबैलाई नेवा: भोज खुवाउनुभयो  ।

साथै गायिका संगिता छोंचुंले नेवास् भाषाको गीत गाएर सहभागीलाई मनोरन्जन दिनुभयो।

तस्विरमा म्हपूजा (फोटो : अशोक पन्त, फोटो सौजन्य – नेवा: नख: )

14886326_10154691672202458_2100642249_n

14962284_10154692100507458_566647557_n

14962314_10154692100447458_806507870_n

14962840_10154692100467458_302787139_n

14962925_10154692100497458_1785430699_n

14962928_10154691672287458_851878067_n

14962931_10154692100552458_1330258286_n

14971230_10154691672572458_1532020283_n

14971377_10154692100377458_29607558_n

14914517_10154691672157458_1152595278_n

14914526_10154692100492458_1468171847_n

14914602_10154692100537458_931751481_n

14914992_10154691672797458_920218981_n

14915054_10154691672792458_1964599922_n

14936924_10154692100502458_766624210_n

14937015_10154691672247458_370627572_n

14937110_10154691672267458_1732513911_n

14937145_10154691672812458_1479997654_n

14937163_10154692100547458_1821217394_n

14937822_10154691672437458_2138160616_n

14937824_10154692100562458_1814006202_n

14938023_10154692100457458_1312933620_n

14958273_10154691672347458_1365667395_n

14958352_10154692100407458_227150587_n

14958446_10154691672257458_985147486_n

14958449_10154691672532458_2016892467_n

14958726_10154691672172458_729480518_n

14961338_10154692100522458_268599052_n

14961549_10154692100472458_2016326850_n

14962282_10154691695542458_982184633_n

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com