भीभीआईपी उडानले आकाशमै ट्राफिक जाम!


प्रकाशित मिति : कार्तिक १८, २०७३ बिहीबार

भारतीय राष्ट्रपति प्रणव मुखर्जीको बुधबार दिउँसो नेपाल भ्रमणका क्रममा ४५ मिनेट विमानस्थल बन्द हुँदा त्यसको प्रभाव दिनैभर परेको थियो । आन्तरिक र बाह्य उडानका वायुसेवाले एकदेखि तीन घन्टासम्म होल्ड गरेर उडान गर्नुपरेका कारण आकाशमार्ग व्यस्त हुन पुगेको हो ।

विमानस्थलमा एउटामात्र धवनमार्ग, आन्तरिक र अन्तर्राष्ट्रिय उडान तथा अवतरणका लागि एउटै रुट र दैनिक दुइसयभन्दा बढी उडान विमानस्थलले थेग्न नसक्दा यस्तो वातावरण उत्पन्न भएको अधिकारीहरुले बताएका छन् ।

यद्यपी तीन दिन अगाडि नै उडान प्रभावित हुने सुचना जारी गरिसकेकोले धेरै ठुलो प्रभावन नपरेको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए । उक्त कारणले कतिपय आन्तरिक उडान रद्ध भएका थिए भने अन्तर्राष्ट्रिय उडान तथा अतवरण ढिला भएको अन्नपूर्ण पोस्टमा खबर छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com