अन्तत प्रदेश नं ४ को नाममा सहमती जुट्यो


प्रकाशित मिति : जेष्ठ २२, २०७५ मंगलबार

अन्ततः प्रदेश नम्बर ४ को नाम के राख्ने भन्ने बहस सकिएको छ। लामो समयसम्म नाम के राख्ने भन्ने विषयमा अन्योलमा रहेको प्रदेश ४ लाई ‘गण्डकी प्रदेश’ कायम गर्न ४५ जना प्रदेशसभा सदस्यले सहमति जनाएका छन्। यो संख्या प्रदेशको नामांकनको लागि आवश्यक दुई तिहाई बहुमत भन्दा बढी हो।

प्रदेश नम्बर ४ का कुल ६० (निर्वाचनको बेला) जना प्रदेशसभा सदस्य मध्ये ७५ प्रतिशत सदस्यहरुले गण्डकी प्रदेश नाम राख्नुपर्ने सुझाव दिएका हुन्। एकीकरण अघिको एमाले र दुईवटा प्रतिपक्षी दल नेपाली कांग्रेस तथा राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्यहरुले ‘गण्डकी प्रदेश’ नाम राख्न सहमति जनाएका हुन। सत्ताघटक अर्को दल साविकको माओवादी केन्द्रले भने लिखित सुझाव बुझाएन। नयाँ शक्ति पार्टी नेपालले भने ‘गण्डकी तमुवान’, ‘गण्डकी’ र ‘अन्नपूर्ण’ मध्ये कुनै नाम राख्नुपर्ने सुझाव दिएको थियो।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com