छुवाछूत गर्नेलाई कडा कारवाही हुन्छः गृहमन्त्री


प्रकाशित मिति : जेष्ठ २१, २०७५ सोमबार

गृहमन्त्री रामबहादुर थापाले आजको २१ औँ शताब्दीमा समेत जातीय आधारमा विभेद गर्ने जो कोहीलाई कडा कारवाही गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

जातीय भेदभाव तथा छुवाछूत उन्मूलन १२ औँ राष्ट्रिय दिवसका अवसरमा राष्ट्रिय दलित आयोग, उपेक्षित, उत्पीडित र दलितवर्ग उत्थान विकास समिति, दलित महिला उत्थान सङ्घ एड्वान, जागरण मिडिया सेन्टरलगायत संघसंस्थाद्वारा साेमबार आयोजित, ‘जातीय भेदभाव तथा छुवाछूतको वर्तमान अवस्था र समाधानको उपाय’ विषयको अन्तक्र्रियामा मन्त्री थापाले भन्नुभयो, “जातीय भेदभाव तथा छुवाछूत अन्त्य गर्नेबारे सरकारले देशव्यापी अभियान नै चलाउँदै छ, जातीय आधारमा छुवाछूत वा विभेद भएको बारे मलाई जानकारी दिनुहोस्, म सरकारको तर्फबाट हदैसम्मको कारवाही गर्नेछु ।”

आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा शदियौँदेखि पछाडि पारिएको दलित समुदायको समस्या समाधान गर्दै सामाजिक न्यायमा आधारित समतामूलक समाज निर्माण गर्ने वर्तमान सरकारको योजना रहेको जानकारी उहाँले दिनुभयो ।

नेपाल कम्युनिष्ट पार्टीका नेता तिलक परियारले अहिले पनि अन्तरजातीय विवाह गरेको वा पानी छोएको निहुँमा दलित युवाको हत्या गरिएको र दलित समुदाय गाउँबाटै विस्थापित हुनुपरेकामा गुनासो गर्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेकपाका अर्का नेता जीतु गौतमले जनसंख्याका आधारमा राज्यका हरेक संरचनामा दलित समुदायको सहभागिता हुनुपर्ने माग गर्नुभयो । एड्वानका अध्यक्ष पम्फा परियारले समग्रमा दलित समुदायभित्र पनि दलित महिला सबैभन्दा बढी उत्पीडनमा परेकाले उनीहरुलाई राज्यले विशेष व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com