सट्टेबाजी धन्दामा पक्राउ परेका पुर्व-फुटबलर केसीले यस्तो दिए बयान..


प्रकाशित मिति : जेष्ठ २१, २०७५ सोमबार

अन्र्तराष्ट्रिय फुटबल तथा क्रिकेट प्रतियोगितामा अनलाईनबाट बेटिङ गरेको आरोपमा पक्राउ परेका पुर्व फुटबलर अन्जन केसीले आफुले अर्का प्रतिवादी भुपेन्द्र कुँवरसंग मात्र खेलेको र अन्यसंग चिनजान नभएको बयान दिएका छन् ।

‘विषेशत विभिन्‍न स्थानमा भई रहेका खेलहरुमा हुने हारजितलाई विषयवस्तु बनाई आ-आफ्नो समर्थक टिमहरुको पक्षबाट मेरो टिमले हारे यति दिने र जिते यति लिने भनी अनलाईन,भाईबर,म्यासेन्जर,फेसबुक,म्यासेज लगायतका सामाजिक सन्जालको माध्यमबाट रकम लेखि म्यासेज आदानप्रदान गरी यो खेल खेल्न सकिन्छ,’ बयानमा अन्जनले भनेका छन, ‘दुई जना बिच वा एकै व्‍यक्तिले धेरै मानिससँग एकैपटक खेल्न पनि सकिन्छ। सुरुमा म्यासेजमा लिने दिने रकम उल्लेख गरिन्छ,हारजित भएपछि भेटघाट गरी लिने दिने गरिन्छ।’

केसीले भर्खरै सम्पन्न आईपिएलमा कुँवरसँग म्यासेन्जरमार्फत खेलेको र करिब ५० हजार रुपैयाँ हारेको बताएका छन्। ‘मेरो आईफोनहरुबाट खेल्ने गरेको थिएँ, मेरो मेघा बैंकमा खाता छ, रकम मौज्दात छैन। अन्य सम्पती छैन।’

उनले बयानमा आफु सट्टेबाजको खेलाडी मात्र भएको दाबी गरेका छन्। केसी म्याच फिक्सिङ प्रकरणमा विश्व फुटबल महासंघ-फिफाबाट प्रतिबन्धित छन्। म्याच फिक्सिङबारे उनीमाथीको मुद्धा अदालतमा विचाराधीन छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बेटिङ आरोपमा भने प्रहरीले काभ्रेका ३८ वर्षीय भुपेन्द्र शमसेर कुँवर,ललितपुरका ३५ वर्षीय केसी, काठमाडौंका २७ वर्षीय गौरव तिवारी र नुवाकोटका २७ वर्षीय दिनेश बोगटीसहित ६ जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार तिवारी मुख्य अभियुक्त हुन्। उनले विभिन्न एजेन्टमार्फत ग्राहक खोजेर अन्तर्राष्ट्रिय प्रतियोगिताका खेलमा सट्टेबाजी गराउने गरेको प्रहरीको आरोप थियो। प्रहरीले १० लाख चार हजार बिगो दाबी गर्दै सरकारी वकिलमार्फत अदालतमा मुद्दा पेश गरिसकेको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com