मनोज गजुरेलसँग डिभोर्सपछि गायिका बनेकी मिना ढकालले अब फिल्म निर्माण गर्ने


प्रकाशित मिति : जेष्ठ २१, २०७५ सोमबार

नेपाली दर्शकहरु समक्ष केही समय अगाडीसम्म गुमनाम जस्तै रहेको मिना ढकाल नाम अहिले चर्चित बनेको छ। हाँस्यकलाकार मनोज गजुरेलकी पूर्वपत्नी मिना ढकाल सम्बन्ध विच्छेद पछि चर्चामा आएकी थिइन्।

सम्बन्ध विच्छेदको केही समयपछि मिना ढकाल आफ्नो सम्बन्धका कारण भन्दा कामका कारण चर्चामा आउन थालेकी छिन् । बुटिक संचालन गरेकी मिनाले आफ्ना रुचीहरु पछ्याउने क्रममा दुईवटा गीत रेकर्ड गरिसकेकी छिन् । पहिलो गीतमा नै उनले ताली भन्दा गाली धेरै खाएकी थिइन् । तर, आफूलाई प्रमाणित गर्नको लागि उनी हरेक आलोचनाहरुको सामना गर्दै अगाडी बढिरहेकी छिन् ।

मिना ढकालले गीत गाउनुका साथै मोडलिंग समेत गरेकी थिइन् । अब उनले नारी केन्द्रित प्रेमकथामा आधारित चलचित्र निर्माण गर्दैछिन् । त्यसको लगानी एक करोड भन्दा माथि हुने पनि उनले खुलाएकी छिन् । त्यसको साथै, उनले उक्त चलचित्रमा अभिनय गर्ने समेत बताएकी छिन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com