बोक्सीको आरोपमा कुटपिट गर्ने तीन पक्राउ


प्रकाशित मिति : जेष्ठ २१, २०७५ सोमबार

सुनसरी जिल्लाको सदरमुकाम इनरुवासँग सीमा जोडिएको दक्षिणी क्षेत्रमा रहेको हरिनगरकी एक महिलाले छोरीलाई लोगेको रोग निको पार्न पूजापाठ गर्दा बोक्सी भन्दै कु्टपिट गर्ने गढी गाउँपालिका–४ का तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ ।

मन्दिरका पुजारीले छोरीलाई देवी देउता लागेका भन्दै स्थानीय मन्दिरमा पूजा गर्न भनेबमोजिम पूजा गर्दैगर्दा गढी निवासी सुवालाल मेहताको निर्देशनमा उनका छोरा रमेशकुमार मेहता, रञ्जीत मेहता र अमरलाल मेहताले महिलामाथि बोक्सी आरोप लगाउँदै कुटपिट गरेकाले उनीहरुलाई पक्राउ गरिएको हो ।

सुवालाल मेहताले युवालाई उक्साइ महिलामाथि बोक्सीको आरोप लगाउँदै कुटपिट गरी गाउँ नै निकाला गर्ने दुष्प्रयास गरेको अवस्थामा आइतबार साँझ तीन जना युवालाई पक्राउ गरी आवश्यक कानूनी कारबाही अघि बढाइएको छ ।

पीडित महिलालाई स्थानीय स्वास्थ्य संस्थामा उपचार गराइएको प्रहरीले जानकारी दिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com