३३ किलो सुन प्रकरणका अभियुक्त डेविटले गरे आत्मसमर्पण
प्रकाशित मिति : जेष्ठ २०, २०७५ आईतबार
३३ किलो सुन प्रकरण र सनम शाक्यको हत्यामा अभियुक्त बनाइएका डेविट भनिने छिरिङ वांगेल घलेले जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरेका छन्।
छिरिङले आइतबार अदालतमा आत्मसमर्पण गरेका हुन्। उनी आजै हाजिर भएको र बयान सुरु भइसकेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी मनोज केसीले बताए।





