जाली फटाहालाई झुक्याएर पार्टी एकता गर्‍यौं – अध्यक्ष प्रचण्ड


प्रकाशित मिति : जेष्ठ २०, २०७५ आईतबार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशभित्रका जाली फटाहा र विदेशी प्रतिक्रियावादीलाई झुक्याएर पार्टी एकता गर्नुपरेको बताए । पार्टी एकता हुन लाग्दा भाँड्ने चलखेल भएकाले हुँदैन कि जस्तो वातावरण बनाएर झुक्याइएको प्रचण्डले बताए ।

जन्मस्थल कास्कीको अन्नपूर्ण गाउँपालिकामा आयोजित कार्यक्रममा प्रचण्डले अध्यक्ष केपी शर्मा ओली र आफूले सल्लाह गरेरै पार्टी एकतामा बेला बेला दरार देखाएको खुलासा गरे। सरकारको नीति तथा कार्यक्रम ल्याउनुअघि एउटै पार्टी बनाउने सल्लाह अनुसार जेठ ३ गते आफ्नै प्रस्तावमा एकीकरण भएको उनले बताए ।

प्रचण्डले भने’पार्टी एकता हुन्छ यो दिन भनेर नहुने भन्ने बनाएर ड्याम्मै एकता घोषणा गरेको हो । जेठ २ गते विहान कमरेड केपी ओली र म बालुवाटारमा भेट भइसकेपछि अब ढिलो नगर्ने कुरा भयो । ओली कमरेडले ७ गते अघिनै गरौं भन्नुभयो । मैले भोलि मदन आश्रति स्मृति दिवसकैदिन गरौं भन्ने प्रस्ताव राखेँ, त्यही दिन भयो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com