सुन तस्करीको नयाँ रुट


प्रकाशित मिति : जेष्ठ २०, २०७५ आईतबार

काँकडभिट्टा – नेपालमा साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्यामा संलग्नहरू पक्राउ परेपछि संगठित सुन तस्कर गिरोहले वैकल्पिक मार्ग प्रयोग गरेको छ । आजको कान्तिपुर दैनिकमा समाचार छापिएको छ ।

नेपालमा उच्च तहका प्रहरी अधिकृत नै समातिएपछि र पछिल्लो समय सीमा क्षेत्रमा समेत कडाइ थालिएपछि अन्तरदेशीय गिरोहले चीन–भारत व्यापारका लागि १२ वर्षअघि सञ्चालनमा आएको सिक्किमको नाथुला मार्ग प्रयोग गरेको हो ।

भारत, सिलिगुडीमा शुक्रबार बरामद ३२ किलो सुन नाथुला हुँदै चीनबाट भित्रिएको भारतको केन्द्रीय राजस्व गुप्तचर विभागले दाबी गरेको छ ।

भारतीय प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएअनुसार सुनसहित प्रवीण समराव फदम, धनाजी साहेव राव बाबर र अक्षय हरिदास पक्राउ परेका छन् । तस्करीमा संलग्न तीनै जना महाराष्ट्रका बासिन्दा हुन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनीहरूले कम्मरमा बाँधिएको विशेष किसिमको पेटीभित्र सुन लुकाएर महाराष्ट्र लैजान लागेका थिए । भारतीय गुप्तचर विभागको दाबीअनुसार तस्करले विगतमा नेपाल हुँदै सुन भारत पुर्‍याउँथे तर नेपाल सरकारले कडाइ गरेपछि वैकल्पिक मार्ग रोजेका हुन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com