साउथ चाइना सीबारे ‘गैरजिम्मेवार टिप्पणी’ चीनलाई अस्वीकार्य


प्रकाशित मिति : जेष्ठ १९, २०७५ शनिबार

चीनका एक उच्च पदस्थ सैनिक अधिकारीले शनिबबार साउथ चाइना सीबारे अन्य मुलुकबाट आउने ‘गैरजिम्मेवार टिप्पणी’ आफूहरूलाई स्वीकार्य नहुने बताएका छन् ।

सिङ्गापुरमा गरिएको सुरक्षा अधिकारीहरूको शिखरवार्ता (साङ्ग्रीला डायलग) मा बोल्दै चिनियाँ सैनिक अधिकारी लेफ्टिनेन्ट जनरल हे लेईले भन्नुभयो, “साउथ चाइना सीबारे अन्य मुलुकले गर्ने कुनैपनि गैरजिम्मेवार टिप्पणी चीनका लागि स्वीकार्य हुनेछैन ।”

अमेरिकी रक्षामन्त्री जिम म्याटिसले विवादास्पद सामुद्रिक क्षेत्र साउथ चाइना सीमा त्रास सिर्जना गरेको तथा दादागिरी देखाएको भन्ने शुक्रबार गरेको टिप्पणीको खण्डन गर्दै चिनियाँ सैनिक जनरल लेईले उक्त कुरा बताउनुभएको हो ।

यसअघि अमेरिकी रक्षामन्त्री म्याटिसले सिङ्गापुरमा भएको उक्त सैनिक शिखर भेलामा चीनले साउथ चाइना सी क्षेत्रमा सैनिक संरचना तथा हतियार प्रणालीको तैनादीबारे विवादास्पद गतिविधि भएको र यो छिमेकीलाई तर्साउन चालिएको चिनियाँ रणनीति भएको टिप्पणी गर्नुभएको थियो । (रासस÷एएफपी)

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com