२ उपप्रधानमन्त्री थपिए, आफ्नै बोलिमा टिक्न सकेनन प्रधानमन्त्री ओली
प्रकाशित मिति : जेष्ठ १९, २०७५ शनिबार
सरकार गठन भएको तीन महिनापछि मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । प्रधानमन्त्री केपी ओलीले दुई उपप्रधानमन्त्री समेत थप गरेका छन । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय समाजवादी फोरम नेपालबाट एक उपप्रधान मन्त्री र एकलाई मन्त्रीमा नियुक्त गर्नुभएको छ । फोरमबाट सरकारमा दुई मन्त्रीले सपथ लिएपछि मन्त्रिपरिषद्ले पूर्णता पाएको हो ।
प्रधानमन्त्री ओलीले रक्षा मन्त्री इश्वर पोखरेल र स्वस्थ्य मन्त्रीमा नियुक्त हुनु भएका उपेन्द्र यादवलाई पनि उपप्रधानमन्त्रीमा नियुक्त गर्नु भएको छ । त्यस्तै सरकारका प्रवक्ता सुचना तथा संचार मन्त्री गोकुल बास्कोटाको पनि बढुवा भएको छ । शुक्रबार सांझ पोखरेल, यादव, बस्कोटा संगै सहरी बिकास मन्त्री मोहम्मद इस्तियाक राइनले राष्ट्रपति बिद्यादेबी भण्डारीसंग सपथ लिनुभएको छ ।
गत फागुन ३ गते केपी शर्मा ओली नेतृत्वमा सरकार गठन भएपनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको थिएन । सरकार र संघीय समाजवादी फोरम नेपालबीच २ बुँदे सहमति भएपछि फोरम सरकारमा सहभागी भएको हो ।
यस अघि उपप्रधानमन्त्री नराख्ने सार्वजनिक घोषणा गर्नुभएका प्रधानमन्त्री ओलीले राज्यको ढुकुटी दोहन गर्न दुई मन्त्रीलाई उपप्रधानमन्त्रीमा बढुवा गर्नुभएको छ । नेपाल समाचारपत्रबाट





