द्वन्दकालमा भन्दा धेरै सडक दुर्घटनामा मृत्यु,७ वर्षमा झण्डै १४ हजारकाे मृत्यु
प्रकाशित मिति : जेष्ठ १९, २०७५ शनिबार
नेपालका अधिकांश सडक ज्यानमारा छन् । दैनिकजसाे सडक दुर्घटनाका समाचार अाइरहन्छन् । शुक्रबार मात्रै पाल्पाको रम्भा–४ धारादीमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भयाे भने नौ जना घाइते भए ।
सडक दुर्घटना बढ्दै गएकाे सरकारी तथ्यांकले नै देखाउँछ । सरकारी तथ्यांकअनुसार सडक दुर्घटनाबाट बर्सेनी अाैसत दुई हजार यात्रुकाे मृत्यु हुने गरेको छ।
आर्थिक वर्ष २०६८/६९ देखि २०७४/७५ को करिव सात वर्षको अवधिमा मुलुकभर भएका दुर्घटनाबाट झण्डै ७ हजार यात्रुले ज्यान गुमाएकाे सरकारी तथ्यांकले नै देखाउँछन् । साे अवधिमा सडक दुर्घटनाबाट १३ हजार ९३१ जनाको मृत्यु भएको देखिन्छ । यसै अवधिमा भएका ६४ हजार १६८ वटा दुर्घटनाबाट घाइते हुनेकाे संख्या अझ हजाराैँ छ ।
चालु आर्थिक वर्षको बैशाख मसान्तसम्मकाे तथ्यांक हेर्दा यस वर्ष पनि सडक दुर्घटनामा कमी अाएकाे पाइन्न । यस वर्ष झण्डै ९ हजार ५० वटा दुर्घटना भएकाेमा दुई हजार ९७ यात्रुकाे मृत्यु भएको छ । अघिल्लाे आव ०७३/७४ मा जम्मा १० हजार १७८ वटा दुर्घटना भएकोमा, ट्रक/ट्याङकर दुई हजार २३०, बस दुई हजार ४३, जिप/कार चार हजार आठ, ट्याक्टर ६४५, टेम्पो २२०, मोटरसाइकल छ हजार १५२ र अन्य ६१७ वटा रहेका छन् । अाजकाे अन्नपूर्ण पाेस्ट र कान्तिपुर दैनिकले यही विषयमा खबर प्राथमिकताका साथ छापेका छन् ।





