जुवामा श्रीमती हारेपछि जित्नेलाई जिम्मा लगाए, अनि भयो त्यसपछि सामुहिक बलात्कार


प्रकाशित मिति : जेष्ठ १८, २०७५ शुक्रबार

भारतको ओडिशाको बालेश्वर जिल्लामा एउटा आश्चर्यजनक घटना भएको छ। एक पुरुषले जुवामा आफ्नी श्रीमतीसमेत हारेका छन् ।

आरोपअनुसार उनले जुवामा श्रीमती हारेपछि जित्नेलाई जिम्मा लगाएका थिए । जुवामा अर्काकी श्रीमती जितेपछि जित्नेले श्रीमानकै सामु बलात्कारसमेत गरेको बताइएको छ।

ओडिशा प्रहरीले बीबीसीलाई दिएको जानकारीअनुसार पीडितले प्रहरीमा बलात्कारसम्बन्धी उजुरी गरेकी छन् । उजुरीपछि प्रहरीले जुवामा श्रीमती हार्ने श्रीमान र जुवामा जितेकी अर्काकी श्रीमती बलात्कार गर्ने व्यक्तिलाई पक्राउ गरेको छ । घटनामा संलग्न दुई जना भने फरार रहेको प्रहरीले जनाएको छ।

प्रहरीले भनेको छ–पीडितलाई मेडिकल जाँचका लागि बालेश्वर पठाइएको छ। साथै दुई फरार अभियुक्तलाई पक्राउ गर्न अभियान चलाइएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अभियुक्तविरुद्ध प्रहरीले बलात्कारका साथै अन्य कयौ आरोपसहित मुद्दा दर्ता गरेको छ। बीबीसीसँग कुरा गर्दै पीडितले भनिन्–गत २३ तारिखका दिन मेरा श्रीमान करिब ११ बजे घर आए र मसँग हिँड भने । मैले उनलाई सोधेँ कहाँ जाने हो । तर उनले कुनै जवाफ दिएनन् ।

‘मलाई जबरजस्ती गाउँबाहिर लगियो, जहाँ उनका साथीहरु पहिलादेखि नै उपस्थित थिए । मैले उनीहरुलाई ‘भैया’ भनेर बोलाएँ । उनीहरुले मलाई हात समातेर तान्न थाले । मैले विरोध गरेँ । तर मेरा श्रीमानले स्वयम मेरो सारी खोलेर मलाई उनीहरुको जिम्मा लगाए ।

पीडित महिलाले अगाडि भनिन्–जुवा जित्ने व्यक्तिले मलाई केही पर लगे र मलाई बलात्कार गरे । पछि मलाई थाहा भयो कि मेरा श्रीमानले मलाई जुवामा लगाएर हारेका रहेछन्।

भोलिपल्ट बिहान पीडितकी छोरीले आफ्नो हजुरबालाई फोनमा सबै घटना बताइन्। हजुरबा छोरालाई लिएर छोरीको घर पुगे ।

पीडितका पिताले भने–हामीले जब सम्धीजी र ज्वाईसँग घटनाको बारेमा सोध्यो तब उनीहरु दुवैले भने कि यसबारेमा कुनै जानकारी छैन । त्यसपछि मैले गाउँको मुखियासँग कुरा गरेँ ।

उनले अगाडि भने–उनले गाउँका अन्य पाकाहरुसँग कुरा गरे र त्यसपछि हामीसँग दुई दिनको समय मागे । बाध्य भएर हामीले छोरी र उनका दुवै बच्चा लिएर आफ्नो गाउँ फर्कियौ ।

‘मे २७ तारिखका दिन हामीले स्थानीय प्रहरीमा उजुरी दियौ, तब प्रहरीले उजुरी दर्ता गर्नुको साटो हामीलाई ज्वाईसँग मिलापत्र गर्न सल्लाह दियो । बुधबारका दिन हामीले एसपीलाई भेट्यौ तब उजुरी दर्ता भयो ।

यद्यपि प्रहरीले पीडितको पिताले लगाएको आरोप अस्वीकार गरेको छ। प्रहरी प्रमुखले भने–म स्वयम विदामा थिए । ड्युटीमा आएपछि थाहा भयो कि दुवै पक्षले एउटा सम्झौता याचिका दायर गरेका छन् । तर पछि म जब एसपीले आदेश दिए हामीले तत्काल एफआईआर दर्ता गरेर छानविन थाल्यौ ।

पीडितका पिताको आरोप छ कि उजुरी भएपछि पनि प्रहरीले उनलाई सताइरहेको छ । उनी भन्छन्–आज पनि थानामा तीन चार घण्टा बसालियो र मेरी छोरीसँग अनावश्यक प्रश्न गरियो । मनौ कि दोषी उसकै पिता स्वयम हो । पीडितका पीताले रुँदै न्यायको आशा व्यक्त गरे ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com