एसएसपी खत्रीलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश


प्रकाशित मिति : जेष्ठ १७, २०७५ बिहीबार

सुन तस्करी तथा सनम शाक्य हत्याका आरोपी एसएसपी श्यामबहादुर खत्रीलाई पुर्पक्षका लागि थुनामा राख्न मोरङ जिल्ला अदालतले आदेश दिएको छ।

बिहीबार न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले खत्रीलाई थुनामा राखेर कारवाही अगाडि बढाउन आदेश दिएको हो। अदालतमा आत्मसमर्पण गर्न पुगेका खत्री विरुद्धको थुनछेक बहसपछि उनलाई जेल चलान गरिएको छ।

बयानमा खत्रीले आफुलाई सरुवा गर्दिने भन्दै मुख्य आरोपी गोरेभन्ने चुडामणि उप्रेतीले धम्काउने गरेको बयान दिएका थिए। उनले दिएको ८ पेज लामो बयानमा आफु सुन तस्करीमा संलग्न नरहेको बताएका छन्।

उनले आफुलाई आफ्नै ब्याचीहरुले बढुवाबाट रोक्न षणयन्त्र गरेको बयान इजलासमा दिएका हुन्। एसएसपी खत्रीले अघिल्लो पटक पक्राउपर्दा समेत आफुलाई आफ्नै ब्याचीले फसाएको बयान काठमाडौं जिल्ला अदालतमा दिएका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एसएसपी खत्रीले गोरे र अवकाशप्राप्त डिआईजी गोेविन्द निरौलाबिच घनिष्ठ सम्बन्ध रहेको बताएका हुन्। उनले आफुले तस्करी रोक्न चाहेको तर डिआईजी र गोरेका कारण नसकेको बयान दिएका हुन्। उनले आफुलाई सुन तस्करीका बिषयमा केही थाह नभएको बयानमा बताएका छन्।

‘केही थाह छैन, गोरे र डिआईजी निरौला हुन भन्ने बयान आएको छ,’ सहन्यायाधीवक्ता पुण्यप्रसाद पाठकले भने। सुन तस्करी र सनम शाक्य हत्याको अनुसन्धान गरिरहेको सरकारी समितीले विमानस्थलमा कार्यरत रहँदा एसएसपी खत्रीले सुन तस्करीमा प्रत्यक्ष संलग्न रहेको यथेष्ट प्रमाण अदालतमा बुझाएको छ। गोरेले समेत बयानमा एसएसपी खत्रीको संलग्नता पुष्टि गरेका छन्।

मोरङ प्रहरीले बैशाख १८ मा प्रतिवादी बनाएर मुद्दा बुझाएका एसएसपी श्याम खत्री बिहीबार बिहान मोरङ जिल्ला अदालत हाजिर भएका थिए।

बिहान साढे १० बजे खत्रीका कानुनी सहयोगी अधिवक्ता हेमराज पन्तमार्फत उनी अदालत हाजिर भएका थिए। अदालतमा हाजिर भएसँगै उनको बयान सुरु भएको थियो।

बयान सकिएसँगै उनको थुनछेक बहस सरकारी वकिलका तर्फबाट सकिएको छ। उनले वकालतनामा बुझाएका पन्तको बहसपछि थुनछेक आदेश हुनेछ।

सुन तस्करीको अनुसन्धान गर्न बनेको टोलीले खत्रीलाइ झिकाउन प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेपिछ उनी फरार थिए। वैशाख १८ गते जिल्ला प्रहरी कार्यालय मोरंगले प्रतिवादी बनाएर एसएसपी खत्रीविरूद्ध मुद्दा अदालतमा दर्ता गरेको थियो। प्रहरीले देशभर रहेका आफ्ना प्रहरी युनिट र अन्तराष्ट्र्रिय प्रहरी संगठन इन्टरपोलको सहयोगमा खत्रीको खोजी गरिरहेको थियो।

२०७४ चैत १३ गतेदेखि २०७५ वैशाख १२ गतेसम्म विदामा बसेका एसएसपी श्यामबहादुर खत्री पक्राउ पर्ने त्रासले त्यसयता फरार भएका थिए।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com