बिमस्टेकका महासचिव सहिदुल र प्रम अाेलीबीच भेट, अागामी सम्मेलन नेपालमा हुने


प्रकाशित मिति : जेष्ठ १७, २०७५ बिहीबार

बुहपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीकाे प्रयास (बिमस्टेक)का महासचिव सहिदुल इस्लामले प्रधानमन्त्री केपी अाेलीसँग शिष्टाचार भेट गरेका छन् ।

अाज (बिहीबार) बालुवाटार पुगेका महासचिव सहिदुलसँग प्रधानमन्त्री ओलीले क्षेत्रीय राष्ट्रहरूका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्नुपर्ने बताए ।

भेटमा प्रम अाेलीले भन्दै विमस्टेकको सम्मेलन छिट्टै नेपालमा नै गर्ने प्रतिबद्धता जनाए । उनले क्षेत्रीय स्तरका संगठनहरुलाई विकास र समृद्धिको माध्यमका रूपमा उपयाेग गरिनुपर्ने सुझाव दिए । विमस्टेकका विगतका कामबाट पाठ सिकेर आगामी दिनमा यसलाई थप प्रभावकारी बनाउनुपर्नेमा उनले जाेड दिए ।

प्रधानमन्त्री ओलीले बंगालको खाडी वरिपरिका मुलुक भएकोले पानी जहाजका सञ्चालन गर्नुपर्नेमा समेत जाेड दिए । जल तथा रेल यातायात जस्ता माध्यमकाे थप विकास भएमा विमस्टेकका सदस्य राष्ट्रहरु एकआपसमा जोडिन मद्दत पुग्ने अाेलीकाे विश्वास छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com