सुन तस्करीका अभियुक्त एसएसपी श्याम खत्री अदालत हाजिर


प्रकाशित मिति : जेष्ठ १७, २०७५ बिहीबार

सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका अभियुक्त एसएसपी श्याम खत्री बिहीबार बिहान मोरङ जिल्ला अदालत हाजिर भएका छन्।

बिहान साढे १० बजे खत्रीका कानुनी सहयाेगी अधिवक्ता हेमराज पन्तमार्फत उनी अदालत हाजिर भएका हुन्। अदालतकाे नियन्त्रणमा रहेका खत्रीसँग अाज बयान लिने तयारी छ।

सुन तस्करीकाे अनुसन्धान गर्न बनेकाे टाेलीले खत्रीलाइ झिकाउन प्रहरी प्रधान कार्यालयलाइ पत्राचार गरेपिछ उनी फरार थिए। वैशाख १८ गते जिल्ला प्रहरी कार्यालय माेरंगले प्रतिवादी बनाएर एसएसपी खत्रीविरूद्ध मुद्दा अदालतमा दर्ता गरेकाे थियाे। प्रहरीले देशभर रहेका अाफ्ना प्रहरी युनिट र अन्तरार्ष्ट्रिय प्रहरी संगठन इन्टरपाेलकाे सहयाेगमा खत्रीकाे खाेजी गरिरहेकाे थियाे।

तस्कर गाेरेले अदालतकाे बयानमा एसएसपी खत्रीसँग मिलेर सुन भित्र्याएकाे उल्लेख गरेका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com