नाम संशोधनका लागि आयोगमा कागजपत्र पठाउँदै नेकपा


प्रकाशित मिति : जेष्ठ १७, २०७५ बिहीबार

तत्कालीन एमाले र माओवादी केन्द्र एकीकरण भएर बनेकाे नेपाल कम्युनिस्ट पार्टी अन्डरलाइनले आफ्नो नाम संशोधनका लागि आज निर्वाचन आयोगमा कागजपत्र पठाउँदैछ।

नाम संशोधनका लागि सबै कागजपत्र तयार भइसकेकाले आज (बिहीबार) आयोगमा बुझाइने नेपाल कम्युनिस्ट पार्टी संसदीय दलका उपनेता तथा स्थायी कमिटी सदस्य सुवास नेम्वाङले नेपालखबरलाई जानकारी दिए।

उनकाअनुसार अब अन्डरलाइनको सट्टा कोष्ठभित्र (नेकपा) राखिनेछ। अर्थात् अब पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा)’ रहने छ।

केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले र पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा माओवादी केन्द्रबीच यही जेठ ३ गते पार्टी एकीकरण गरी नेपाल कम्युनिस्ट पार्टी राखिएको थियो। सोही दिन दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिइएको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तर आयोगले नेपाल कम्युनिस्ट पार्टी नामको दल पहिल्यै दर्ता भइसकेको र सोही नाममा अन्डरलाइन गरेर अर्को दल बनाउँदा फरक छुट्याउन अप्ठेरो हुने भन्दै नाम फेर्न सुझाव दिएपछि नेपाल कम्युनिस्ट पार्टीले नाम संशोधन गर्न लागेको हो।

आयोगमा ऋषि कट्टेल नेतृत्वको नेकपा कम्युनिस्ट पार्टी पहिलै दर्ता छ। नेत्रविक्रम चन्दले दल दर्ता नगरे पनि नेपाल कम्युनिस्ट पार्टीकै नाममा गतिविधि गर्दै आएका छन्।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राखेपछि भने कसैसँग नाम नजुध्ने नेता नेम्वाङले बताए।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com