भाेज खाएर फर्किएका मेयरले सर्वसाधारण कुटे, ६ जना घाइते


प्रकाशित मिति : जेष्ठ ६, २०७५ आईतबार

धनुषाको शहीद नगरपालिकाका मेयर उदय बरबरियाले गएराति स्थानीयहरुलाई कुटपिट गरेका छन्।

जनप्रतिनिधिले नै कुटपिट गरेपछि सरोकारवालाहरुले घटनाको छानवीन गरी दोषिलाई कडा कारवाहीको माग गरेका छन्। शहीदनगर नगरपालिका को मेयर उदय बरबरिया तथा वडा नम्बर ८ का वडा अध्यक्ष तनुक लाल कुसियैतसहित ९–१० जना को समूहले कमला नपा ९ नरहामा स्थानीयहरुलाई निर्घाट कुटपिट गरेका हुन्।

तर माअाेवादीबाट निर्वाचित बरबरियाविरूद्ध प्रहरीले उजुरी लिन अस्वीकार गरेकाे छ।

सशस्त्र प्रहरी बेस क्याम्प दुबरकोट हथलेटवाबाट भोज खाएर फर्किंदै गरेका मेयर बरवरिया सवार गाडीले राति सर्वसाधारणलाई ठक्कर दिएपछि विवाद भएको थियो। विवादपछि मेयर बरबरिया नेतृत्वको समूहले सर्वसाधारणमाथि अाक्रमण गरेकाे हाे। मेयर समूहकाे अाक्रमणबाट रामदेव साह, अमोद कुमार साह, राजेश यादव, जय कुमार साह, पुनिता कुमारी, शान्ति देवी घाइते भएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

घाइतेहरुलाई जनकपुर अञ्चल अस्पतालमा सामान्य उपचारपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ। घटना सम्बन्धमा मेयर बरबरियाले प्रतिक्रिया दिन मानेन्।

मेयर नेतृत्वमा भएको कुटपिटको घटनाबारे प्रहरी प्रशासनलाई जानकारी गराए पनि छानविनको लागि कुनै चासो नदिएको पीडित रामदेव साहले जनाए। मेयर र प्रहरी प्रशासनको मिलोमतोका कारण आफूहरु पीडित भएको भन्दै उनीहरुले दोषीउपर कारवाही माग गरेका छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com