बैबाहिक बन्धनमा बाँधिए ह्यारी र मेगन


प्रकाशित मिति : जेष्ठ ५, २०७५ शनिबार

संयुक्त अधिराज्यका राजकुमार ह्यारी र मेगन मार्कल बैबाहिक बन्धनमा बाँधिएका छन् । विन्ड्सस्थित सेन्ट जोर्जेज च्यापलमा औंठी साटेका हुन् ।

मेगन मार्कल आफ्नी आमासहित रोल्स रोयल गाडीमा विवाह स्थलमा पुगेकी थिइन् । सेन्ट जोर्जेज च्यापलमा उनलाई हृयारीका पिता युवराज चाल्र्सले हाड डोर्‍याएर भित्र लगे । हृयारी भने दाइ विजियमसँग पुगेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com