प्रधानमन्त्री ओली चीन जाने तयारीमा


प्रकाशित मिति : जेष्ठ ५, २०७५ शनिबार

प्रधानमन्त्री केपी शर्मा ओली चिन भ्रमणमा जाने भएका छन् ।

ओली असारमा चीनको औपचारीक भ्रमणमा जाने तयारीमा रहेको उनले सनिवार बताएका हुन् ।

नव गठित नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष रहेका ओलीले पार्टी एकीकरणपछि पहिलो पटक बसेको पार्टीको संघीय संसद्का सदस्यहरुको बैठकमा सन्तुलित छिमेक सम्बन्ध र राष्ट्रिय स्वाधीनताको जगमा भारत र चीनसँग सम्बन्ध विकास भइरहेको जनाउँदै चीन भ्रमणको तयारीबारे जानकारी गराएका हुन्।

ओली गत महिना मात्र भारत भ्रमणमा गएका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com