तीन दिनमै पाल्टियो कर्नाटकमा भाजपाको सत्ता


प्रकाशित मिति : जेष्ठ ५, २०७५ शनिबार

कर्नाटकमा मुख्यमन्त्री बिएस यद्दुरप्पाले सपथ लिएको तेस्रो दिनमै राजीनामा दिन बाध्य हुनुपरेको छ।

विधानसभामा बहुमत नपुगीकन सपथ लिएका उनले सर्वोच्च अदालतले दिएको म्यादभित्र बहुमत साबित गर्न नसकेपछि राजीनामा दिएका हुन।

सर्वोच्च अदालतले शनिबारसम्ममा बहुमत साबित गर्न उनलाई समय दिएको थियो।

१०४ सिट मात्र जितेको भाजपाले बहुमतका लागि आवश्यक ११२ सिट पु¥याउन नसकेको हो।

यसअघि कर्नाटकको सत्तामा रहेको कांग्रेस र जनता दल सेक्युलरले चुनावी परिणाम आएलगत्तै गठबन्धन सरकार निर्माणको घोषणा गरेका थिए। उनीहरुले जनता दलका एचडी कुमारास्वामीलाई मुख्यमन्त्रीका रुपमा अघि सारेका थिए। तर राज्यपालले भाजपाका यदुरप्पालाई सरकार बनाउने मौका दिएका थिए।

यसबीच कांग्रेस र जनता दलले आफ्ना विधायकलाई भाजपाले किन्ने डरले विभिन्न रिसोर्ट तथा होटलहरुमा राखेको थियो।

बहुमत पुष्टि गर्नुपर्ने दिन यदुरप्पाले विधानसभामा सम्बोधन गर्दै राजीनामाको घोषणा गरे।

उनले विश्वासको मत नलिने घोषणा गरेर बाहिरिएपछि विपक्षी सांसदहरुले खुसी व्यक्त गरेका थिए।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com