उत्कृष्ट युवा खेलाडीको अवार्ड सन्दीप लामिछानेलाई


प्रकाशित मिति : जेष्ठ ३, २०७५ बिहीबार

यस वर्षको ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड’ २०७४ अन्तर्गत वर्षको उत्कृष्ट युवा खेलाडीको अवार्ड सन्दीप लामिछानेले हात पारेका छन्।

बिहीबार आर्मी अफिसर्स क्लब, भद्रकालीमा एक कार्यक्रमको आयोजना गरी अवार्ड हस्तान्तरण गरिएको हो।

क्रिकेटका सन्दीपले फुटवलका दिनेश हेम्जन, क्रिेकेटका दिपेन्द्रसिंह ऐरी, जुडोकी ममता प्रधान र बक्सिङका पुनम रावललाई पछाडि पार्दै अवार्ड हात पारेका हुन्।

उत्कृष्ठ युवा खेलाडीको अवार्ड हात पार्न सफल लामिछाने नेपाली क्रिकेट टिमका लागि एक वर्षमा सर्वाधिक विकेट लिने खेलाडी हुन्। उनले राष्ट्रिय टिमबाट ३५ सहित कुल ८४ विकेट लिएका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै आइसीसी एसिया यू १९ विश्वकप छनोटमा पनि उनले २४ विकेट लिएका थिए। कुनै पनि उमेर समूह वा सिनियर टिमका लागि एउटै प्रतियोगितामा सर्वाधिक विकेट लिने कीर्तिमान उनले कायम गरेका हुन्।

त्यस्तै आइसीसी वल्र्ड क्रिकेट लिग डिभिजन २ मा १७ विकेट लिदै सर्वोत्कृष्ट खेलाडी घोषित भएका सिथए भने विश्वकप छनोटमा केन्याविरुद्ध २० रन दिएर ५ विकेट लिदै लिस्ट ‘ए’ क्रिकेटमा नेपालको लागि उत्कृष्ट बलिङको कीर्तिमान कायम गरेका थिए।

त्यस्तै इन्डियन प्रिमियर लिग र क्यारेवियन प्रिमियर लिगको टिममा आबद्ध हुने उनी पहिलो नेपाली क्रिकेटर पनि हुन्।

त्यस्तै उत्कृष्ट प्रशिक्षकको अवार्ड क्रिकेटका प्रशिक्षक जगत टमाटाले हात पारेका छन्। उनले क्रिकेटकै विनोद दास, फुटबलका छिरिङ लोप्साङ गुरुङ, बक्सिङका प्रकाश थापामगर ब्याडमिन्टनका जयन्त कुमारलाई पछाडि पार्दै अवार्ड हात पारेका हुन्।

त्यसैगरी क्रिकेटका करण केसीलाई विशेष अवार्ड र फूटबलका अशोक केसीलाई लाइफ टाइम एचिभ्मेन्ट अवार्ड प्रदान गरिएको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com