ओली-प्रचण्डले गरे अणुबमले पनि मार्न नसकेको विरुवाको बृक्षारोपण


प्रकाशित मिति : जेष्ठ ३, २०७५ बिहीबार

प्रधानमन्त्री निवास बालुवाटारमा निर्माण गरिएको नयाँपार्कमा एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विरुवा रोपेका छन्।

ओली र प्रचण्डले रोपेको विरुवाको नाम हो– जिन्को। प्रत्येक ६ महिनामा पातको रंग फेरिने यो विरुवा जापानी प्रजातिको हो। र, दोस्रो विश्वयुद्धमा अमेरिकाले जापानमा अणुबम खसाल्दासमेत मरेको थिएन।

बृक्षारोपण गरिएको विरुवामा पानी हाल्दै प्रचण्ड

संयोगबस आजै एमाले र माओवादी केन्द्रबीच एकता हुँदैछ। र, दुई पार्टीबीच एकता भएर नयाँ पार्टीको रुपमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन हुनुअघि नेताद्वयले अणुबमले पनि मार्न नसकेको रुख रोपेका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बृक्षारोपण कार्यक्रममा ओली–प्रचण्डका अलावा पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र झलनाथ खनाल, मन्त्रीहरु र एमाले–माओवादी केन्द्रका नेताहरु पनि सहभागी थिए र उनीहरुले पनि बृक्षारोपण गरेका थिए।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com