भ्लादिमिर पुटिनले गरे क्रिमिया सँग रुसलाई जोड्ने १९ किलोमिटर लामो पुलको उद्घाटन


प्रकाशित मिति : जेष्ठ २, २०७५ बुधबार

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मंगलबार ट्रक हाँकेर क्रिमियासँग रुसलाई जोड्ने १९ किलोमिटर लामो पुलको उद्घाटन गरेका छन्। रेलमार्ग समेत भएको सो पुल युरोपकै लामो पुल बनेको छ।

पहेँलो रङको कामाज ट्रकलाई पुटिनले कर्च जलसन्धि पार गराएका थिए। ‘अन्ततः यो परियोजना, यो चमत्कार सम्पन्न भएको छ,’ पुटिनले भने। ट्रक हाँकेर क्रिमियापट्टि पुगेका उनलाई कामदारहरुको समूहले स्वागत गरेको थियो।

क्रिमियाले सन् २०१४ मा युक्रेनबाट छुट्टिएर रुसमा विलय हुने निर्णय गरेको थियो। त्यसयता रुसले नेटो राष्ट्रहरुबाट नाकाबन्दीको सामना गर्नुपरिरहेको छ।

त्यस्तो अवस्थामा निश्चित अवधिभन्दा ६ महिनाअघि नै यति ठूलो परियोजना सम्पन्न हुनुलाई पुटिनको शक्तिको सीमाका रुपमा पनि व्याख्या गरिएको छ।

युक्रेनले भने सो पुल निर्माण कार्यलाई अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भनेको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com