कर्नाटकमा भाजपाको बहुमत पुगेन, तेस्रो दलका नेताद्वारा मुख्यमन्त्रीको दाबी


प्रकाशित मिति : जेष्ठ १, २०७५ मंगलबार

२२४ सिटको कर्नाटक विधानसभामा सबैभन्दा ठूलो दल बनेर पनि भारतीय जनता पार्टीले सरकार बनाउन नपाउने देखिएको छ। भाजपाले सबैभन्दा बढी १०४ सिट जितेको छ।

चुनावको अन्तिम नतिजा नआउँदै जनता दल सेक्युलरले कांग्रेससँग मिलेर सरकार बनाउने घोषणा गरेको छ। कांग्रेसले ७८ सिट हात पार्ने देखिएको छ भने जनता दलले ३८ सिट जित्दैछ।

कांग्रेसले जनता दलका नेता देव गौडाका छोरा कुमारास्वामीलाई मुख्यमन्त्री बनाउन आफू तयार रहेको बताएको छ।

कुमारास्वामीलाई राज्यपाललाई आफ्नो नियुक्तिका लागि पत्र पनि लेखिसकेका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

राज्यपालले अन्तिम नतिजा आएपछि मात्रै निर्णय लिने भएका छन्।

कांग्रेस र जनता दलको सरकार बन्ने चर्चाका बीच भाजपाको जीतको खुसियाली रोकिएको छ। यद्यपि भाजपा नेता यदुयरप्पाले पनि सबैभन्दा ठूलो दलको हैसियतले सरकार निर्माणको मौका पहिले आफूहरुले पाउनुपर्ने बताएका छन्।

यसअघि कंग्रेसका मुख्यमन्त्री सिद्धारमैयाले राजीनामा बुझाएका छन्। एजेन्सी

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com