भारतीय प्रधानमन्त्री मोदी विहानै मुक्तिनाथमा


प्रकाशित मिति : बैशाख २९, २०७५ शनिबार

नेपालको राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मुक्तिनाथ शनिबार विहानै मुक्तिनाथ पुगेका छन्।

नेपाली सेनाको हेलिकप्टरबाट बिहान ७ः५५ बजे मोदी मुक्तिनाथ पुगेका हुन्। मोदी सवार हेलिकप्टर मुक्तिनाथ मन्दिर नजिकै ल्यान्ड भएको थियो। मोदीको स्वागतमा मुक्तिनाथमा रातो कार्पेट विच्छ्याइएको छ।

संस्कृति तथा पर्यटन मन्त्री रवीन्द्र अधिकारी, प्रदेश ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, जनप्रतिनिधि र स्थानीयबासीले मुक्तिनाथमा मोदीलाई स्वागत गरेका छन्।

मोदीको स्वागतमा स्थानीयवासी परम्परागत वेशभूषामा उपस्थित भएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मुक्तिनाथ क्षेत्र विकास समितिले मोदीलाई शालिग्राम उपहार प्रदान गर्ने कार्यक्रम छ। वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको तर्फबाट मोदीलाई ताम्रपत्र प्रदान गरिने छ।

मोदीले मुक्तिनाथ मन्दिरमा करिब २५ मिनेट पूजा गर्ने कार्यक्रम रहेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले जानकारी दिए।

करिब एक घण्टा मुक्तिनाथ क्षेत्रमा बिताएपछि मोदी काठमाडौं फर्किने कार्यक्रम छ। काठमाडौं आएपछि उनले पशुपतिनाथ मन्दिरमा विशेष पूजा पनि गर्नेछन्।

मोदीलाई आजै काठमाडौं महानगरपालिकाले नागरिक अभिनन्दन गर्दैछ। मोदीलाई काठमाडौं महानगरको साँचो हस्तान्तरण गरिने छ। मोदी आजै साँझ स्वदेश फर्किने कार्यक्रम छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com