ओली-मोदीबीच गोप्य भेटवार्ता


प्रकाशित मिति : बैशाख २८, २०७५ शुक्रबार

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच शुक्रबार साँझ होटल द्वारिकाजमा एक्लाएक्लै भेटवार्ता भएको छ।

दुई प्रधानमन्त्रीको एक्लाएक्लै भेटपछि प्रतिनिधि मण्डलस्तरीय द्वीपक्षीय वार्ता हुने भएको हो।

दुई पक्षीय भेटपछि संयुक्त वक्तव्य जारी गर्ने तयारी छ। सोही होटलमा भारतीय प्रधानमन्त्री मोदीले पूर्वप्रधानमन्त्रीहरूसँग पनि भेटवार्ता गर्नेछन्।

होटलबाटै दुबै प्रधानमन्त्रीले संखुवासभामा बन्न लागेको ९०० मेगावाटको अरूण तेस्रोको शिलान्यास पनि रिमोटमार्फत् गर्नेछन्। प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय सकमक्षी मोदीको सम्मान रात्रीभोज पनि आयोजना गरेका छन्। असअघि मोदीलाई टुँडिखेलस्थित सैनिक मञ्चमा गार्ड अनर दिइएको थियो। गार्ड अफ अनरपछि मोदी राजनितिक भेटघाटमा व्यस्त छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com