सरकारकाे नीतिअनुसार नाकाबन्दीविरोधी तुल झिकेका हौं: ललितपुर सिडिअाे पन्थ


प्रकाशित मिति : बैशाख २८, २०७५ शुक्रबार

ललितपुरका प्रमुख जिल्ला अधिकारी (सिडिअाे) महादेव पन्थले सरकारकाे नीतिअनुसार विवेकशील साझा पार्टीको केन्द्रीय कार्यालयबाट नाकाबन्दी विरोधी तुल हटाएको बताएका छन्।

‘विवेकशील साझा पार्टी केन्द्रीय कार्यालयबाट नाकाबन्दी विरोधी तुल किन हटाउनु भएको हो ?’ भन्ने नेपालखबरको प्रश्नमा सिडिओ पन्थले भने, ‘उहाँहरुले कालो तुलमा नाकाबन्दी विरोधी तुल राख्नु भएको रहेछ। त्यही भएर हटाउन लागएको हो। हामीले कसैलाई पक्राउ गरेका छैनौं।’

‘कुन कानुन वा संविधानअनुसार नाकाबन्दीविरोधी कालो ब्यानर झिकिएको हो?’ भन्ने नेपालखबरको अर्को प्रश्नमा उनले भने, ‘यो सरकारको नीतिअनुसार भएको हो। राज्यको पोलेसीअनुसार हामीले काम गरेका हौं।’

सम्बन्धित खबर : नाकाबन्दीविरोधी तुल राखेको भन्दै विवेकशील साझा केन्द्रीय कार्यालयमा प्रहरी हस्तक्षेप

उदाउँदो राजनीतिक शक्तिको रुपमा देखिएको विवेकशील साझा पार्टीको केन्द्रीय समिति बैठक चलिरहँदा शुक्रबार दिउँसाे प्रहरीले हस्तक्षेप गरी पार्टी केन्द्रीय कार्यालयमा राखिएकाे तुल च्यातेकाे थियाे।

ललितपुर जिल्ला प्रशासन कार्यालयको निर्देशनमा डिएसपीकाे नेतृत्वमा गएकाे प्रहरी टोलीले पार्टी केन्द्रीय कार्यालयमा झुन्ड्याइएको नाकाबन्दीविराेधी ब्यानर च्यातेको हाे। साे पार्टीले माेदीकाे भ्रमणलाइ लिएर ‘मोदीजी स्वागत छ। तर नाकाबन्दी बिर्सेका छैनौं’ भन्ने तुल टाँगेकाे थियाे।

याे पनि : नाकाबन्दीका लागि मोदीले माफी माग्नुपर्छ: विवेकशील साझा

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com