युरोपेली राजदूतले पनि भनिन्, ‘भारतीय नाकाबन्दी अपराध थियो’


प्रकाशित मिति : बैशाख २८, २०७५ शुक्रबार

युरोपियन युनियनका लागि बंगलादेशकी राजदूत रिन्स रिन्से तेरिंकले भारतले तीन वर्ष अगाडि गरेको नाकाबन्दी अपराध भएको उल्लेख गरेकी छिन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने तयारी गरिहँदा नेपालीले सुरु गरेको ‘ह्यासट्याग ब्लकेड वाज क्राइम मिस्टर मोदी’ प्रति समर्थन जनाउँदै उनले ट्विट समेत गरेकी छिन्।

‘यस्ता तस्विरहरु र्बिसन कठिन छ’, भारतले नाकाबन्दी लगाएपछि पेट्रोल अभाव हुँदा लाइन लागेका सवारी साधनको तस्विर राख्दै उनले लेखेकी छिन्, ‘ह्यासट्याग ब्लकेड वाज क्राइम मिस्टर मोदी’।

भारतले नेपालमाथि नाकाबन्दी लगाउँदा तेरिंक युरोपियन युयिनका लागि नेपाली राजदूत थिइन्। काठमाडाैं रहँदा उनले भारतकाे अमानवीय नाकाबन्दी राम्राेसँग महसुस गरेकी थिइन्

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

२०७२ असोज ३ गते जननिर्वाचित संविधान सभाले संविधान जारी गरेकाेमा असन्तुष्टि जनाउँदै भारतले नेपालमाथि करिब ६ महिना लामो नाकाबन्दी गरेकाे थियाे। साे नाकाबन्दीका कारण नेपालमा अाैषाधिदेखि दैनिक उपभाेग्य वस्तु समेत अभाव भएकाे थियाे।

नेपालकाे वर्तमान संविधानका ७ बुँदामा संशाेधन गर्न दवाब दिँदै नाकाबन्दी गरे पनि भारतले अाधिकारिक रूपमा साे विषय लुकाउँदै अाएकाे छ।

माेदी नेपालकाे राजकीय भ्रमणमा अाउनु अगाडि नेपालीहरूले त्यही पीडा सम्झिँदै ट्विटरबाट विराेध जनाइरहेका छन्।

ट्विटर प्रयाेगकर्तारले माेदी नेपाल अाइपुग्ने दिन भाेलि शुक्रबार राति ८ बजेदेखि ८:१० बजेसम्म ‘ब्लाक अाउट’ गर्न अाह्वान समेत गरेका छन्। बुधबारदेखि ट्विटर ट्रेन्डिङमा निरन्तर एक नम्बरमा रहेकाे #BlockadeWasCrimeMrModi लाई अागामी ४८ घन्टासम्म एक नम्बरमै ट्रेन्डिङ गराइरहन समेत अाह्वान गरेका छन्।

याे पनि : ‘ब्लकेड वाज क्राइम मिष्टर मोदी’ ट्रेण्डिङले भारतीय दूतावासमा तरङ्ग

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com