कुर्ता कमिजमा जनकपुर अाेर्लिए अाेली


प्रकाशित मिति : बैशाख २८, २०७५ शुक्रबार

प्रधानमन्त्री केपी शर्मा ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतका लागि जनकपुर आइपुगेका छन्।

कुर्ता कमिजमा लगाएर उनी जनकपुर अाएका छन्। ओलीले प्रधानमन्त्री भएपछि पहिलो पटक जनकपुर आएका हुन्।

बिहान १०ः१५ बजे जनकपुर विमानस्थलमा अवतरण गर्ने मोदी १०ः३० बजेसम्म जानकी मन्दिर पुग्नेछन्। उनलाइ त्यहाँ प्रधानमन्त्री ओलीले मोदीलाई स्वागत गर्नेछन्। विमानस्थलबाट अाेली सिधै जानकी मन्दिरतर्फ गएका छन्। उनले त्यहँ माेदीलाइ पर्खिनेछन्।

विमानस्थलमा रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मोदीलाई स्वागत गर्ने कार्यक्रम छ। भारतीय प्रधानमन्त्री मोदीले जनकपुरमा जम्मा दुई घन्टा १० मिनेट बिताउनेछन्।

मन्दिरमा पूजापाठ सकेर प्रधानमन्त्रीद्वय ओली र मोदीले संयुक्त रूपमा जनकपुर–अयोध्या (भारत) बस सेवा शुभारम्भ गर्नेछन्। लगत्तै मन्दिर परिसरमै पत्रकार सम्मेलन गरी रामायण सर्किटको घोषणा गरी करिब ११ः२५ बजेसम्म बाह्रबिघा मैदानका लागि निस्किनेछन्। त्यहाँ स्थानीय सांस्कृतिक कार्यक्रम र झाँकी प्रस्तुत हुनेछ।

त्यसपछि जनकपुर उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले मोदीलाई नागरिक अभिनन्दन गर्नेछन्। मोदीले प्रमुख वक्ताको रूपमा आफ्नो सम्बोधन सकेपछि मुख्यमन्त्री राउतले धन्यवाद ज्ञापन गर्दै समारोह समापन भएको घोषणा गर्नेछन्। त्यसपछि मोदी पुनःजनकपुर विमानस्थल पुगेर काठमाडौंका लागि उड्ने तालिका छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com