मोदी आज आउँदै, के-के छन् कार्यक्रम?


प्रकाशित मिति : बैशाख २८, २०७५ शुक्रबार

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज नेपाल भ्रमणमा आउँदैछन्। नेपालको राजकीय दुई दिने भ्रमणका लागि मोदी जनकपुर हुँदै काठमाडौं आउने छन्।

परराष्ट्र मन्त्रालय र प्रहरीबाट प्राप्त विवरण अनुसार भारतीय वायुसेनाको विशेष हेलिकप्टर मार्फत मोदी नयाँदिल्लीबाट विहारको राजधानी पटना हुँदै बिहान ९ः१५ बजे जनकपुर आइपुग्ने कार्यक्रम छ।

विमानस्थलबाट मोदी सीधै जानकी मन्दिर जानेछन् । त्यहाँ उनलाई प्रधानमन्त्री ओलीले स्वागत गर्ने कार्यक्रम छ।

दुवै प्रधानमन्त्रीले जानकी मन्दिरको दर्शन र पूजा गरेपछि बाह्रबिघा मैदानमा भारतीय प्रधानमन्त्री मोदीलाई जनकपुर उपमहानगरपालिकाले नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ।

त्यसपछि मोदी भारतीय वायुसेनाको विशेष हेलिकप्टरबाटै काठमाडौं आउने छन्। दिउँसो साढे १ बजे भारतीय प्रधानमन्त्री मोदीलाई त्रिभुवन विमानस्थलको अतिविशिष्ट कक्षमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले स्वागत गर्ने छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण तालिका

पटनाबाट सैनिक हेलिकोप्टरमा जनकपुर हुँदै नेपाल आउन लागेका मोदीले नेपालमा करिब ३० घन्टा बिताउनेछन्।
परराष्ट्र मन्त्रालय र प्रहरीबाट प्राप्त विवरण अनुसार यसरी बित्नेछ नेपालमा मोदीका ३० घन्टा–

वैशाख २८ गते शुक्रबार (आज)

बिहान ९ः१५ बजे– हेलिकोप्टरबाट जनकपुरमा अवतरण।

९ः३०– जानकी मन्दिरमा पूजा।

१०ः१५– बाह्रबिघा मैदानका लागि प्रस्थान। नागरिक अभिनन्दनमा सहभागी र सम्बोधन।

१ः३०– हेलिकोप्टरबाट काठमाडौंको त्रिभुवन विमानस्थलमा अवतरण, बौद्धस्थित हायात होटलमा प्रस्थान। परराष्ट्रमन्त्री ज्ञवालीले मोदीसँग शिष्टाचार भेट गर्ने।

४ः००– गार्ड अफ अनरका लागि चावहिल, गौशाला, एयरपोर्ट, तीनकुने, बानेश्वर हुँदै सैनिक मञ्च टुँडिखेलका लागि प्रस्थान।

४ः३५– उपराष्ट्रपति नन्दबहादुर पुनसँगको भेटका लागि बहादुर भवन निवासमा।

५ः००– राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट्न शीतल निवासमा।

६ः००– महाराजगञ्ज, चावहिल, गौशाला हुँदै द्वारिकाज होटलमा पुग्ने। त्यहाँ विभिन्न दलका नेताहरुसँग भेटघाट।

६ः२०- होटल द्वारिकाजमा मोदी र ओलीबीच ‘वान टु वान’ वार्ता

वैशाख २९ गते शनिबार (भोलि)

बिहान ६ः००– मुक्तिनाथ जान विमानस्थल प्रस्थान।

८ः३०– मुक्तिनाथमा पूजा।

१०ः३०– मुक्तिनाथबाट काठमाडौं फिर्ता।

१०ः४०– विमानस्थलबाट दर्शनका लागि सीधै पशुपतिनाथ मन्दिर प्रस्थान।

११ः३०– होटल हायात प्रस्थान।

२ः००– महाराजगञ्ज, चावहिल हुँदै राष्ट्रिय सभागृहका लागि प्रस्थान।

३ः३०– नागरिक अभिनन्दन, नेपालका प्रधानमन्त्रीसँग संयुक्त पत्रकार सम्मेलन तथा अरुण तेस्रोको उद्घाटन गरी बानेश्वर, तीनकुने हुँदै स्वदेश फिर्ताका लागि त्रिभुवन विमानस्थल प्रस्थान।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com