तीन महिनाको अप्रेशनपछि अाइएसका पाँच उच्चस्तरिय नेता पक्राउ


प्रकाशित मिति : बैशाख २७, २०७५ बिहीबार

अातंकवादी संगठन इस्लामिक स्टेट(अाइएस)का पाँच उच्च स्तरिय नेतालार्इ इराकको राजधानी बग्दादबाट पक्राउ गरिएको छ।

अमेरिकी र इराकी अधिकारीहरुले संयुक्त रुपमा उनीहरुलार्इ पक्राउ गरेको सञ्चारमाध्यमहरुले जनाएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि ट्विटरमार्फत अाइएसका उच्चस्तरिय नेता पक्राउ गरिएको उल्लेख गरेका छन्।

अमेरिका र इराकी अधिकारीहरुको तीन महिने अप्रेसनबाट ती नेताहरु पक्राउ सफल भएको न्यूयोर्क टाइम्सले जनाएको छ। पक्राउ पर्नेहरुमा चार इराकी र एक सिरियन रहेको न्यूयोर्क टाइम्सले जनाएको छ।

इराक तथा सिरियामा अाइएसकाे प्रभाव बढाउन उनीहरुले महत्वपूर्ण जिम्मेवारी बहन गर्दै अाएको र उनीहरु कार्यकारी पदमा रहेको जनाइएको छ। पक्राउ पर्नेहरुकाे विस्तृत विवरण भने खुलाइएको छैन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com