बहुप्रतिक्षित ट्रम्प र किम जोङबीचको भेट अर्को महिना सिंगापुरमा हुने


प्रकाशित मिति : बैशाख २७, २०७५ बिहीबार

बहुप्रतिक्षित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको भेट अागामी जुनमा हुने भएको छ।

ट्रम्पले बिहीबार साझ अाफ्नो अफिसियल ट्विटर ह्यान्डलबाट सो भेटको जानकारी दिएका हुन्। उनले जुन १२ तारिखमा दुवै नेताबीच भेट तय भएको उल्लेख गरेका छन्।

बहुप्रतिक्षित भेटलार्इ अाफूहरु दुवैले विश्व शान्तिका लागि विशेष बनाउने ट्रम्पले उल्लेख गरेका छन्।

सम्बन्धित समाचार: फेरि सुटुक्क चीन पुगे किम जोङ उन, दालियान सहरमा सी-किम शिखरवार्ता

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसै हप्ता उत्तर कोरियाली सर्वोच्च नेता किम जोङले चीनका राष्ट्रपति सी जिनपिङलाई भेटेका थिए। मे ७ र ८ तारिखमा सी–किम शिखरवार्ता भएको सिन्ह्वाले जनाएको थियो। सीलार्इ भेटेको समाचार अाए लगत्तै ट्रम्पले ट्विटर मार्फत जोङसँगको भेटको खुलासा गरेका हुन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com