मुक्तिनाथकाे हिउँमाथि मोदीलाई रातो कार्पेट


प्रकाशित मिति : बैशाख २७, २०७५ बिहीबार

भारतीय प्रम मोदी आउने हेलिकप्टर अवतरणका लागि मुक्तिनाथ मन्दिर परिसरमा पाँच वटा हेलिप्याड बनाइएको छ।

हेलिप्याडबाट मन्दिर पुग्न गाउँपालिका कार्यालयले ६ सय मिटर लामो रातो कार्पेट लगाउने तयारी गरेको हो।

हेलिप्याडदेखि मन्दिरको मूल ढोकासम्म ६ वटा स्वागतद्वार बनाउँदै छ। मन्दिरकै आडैमा विश्रामस्थलका रुपमा विशिष्ठ अतिथि कक्षसमेत तयार गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक रेग्मीले बताए।

नेपालस्थित भारतीय दूतावास र सञ्चार माध्यमका प्रतिनिधि पनि मुस्ताङ आउने क्रम बढेको छ। शुक्रबार बिहान ७ बजे भारतीय प्रम मोदी सवार हेलिकप्टर मुक्तिनाथ अवतरण गर्ने जनाइएको छ। मन्दिरमा विशेष पूजाआजापश्चात भारतीय प्रम मोदी मुक्तिनाथबाट सिधै काठमाडौं फर्कने कार्यक्रम छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सम्बन्धित खबर : मुक्तिनाथमा उच्च सुरक्षा सतर्कता

भारतीय प्रधानमन्त्री मोदी मुक्तिनाथ मन्दिर दर्शनका लागि शनिबार बिहान मुस्ताङ आउने कार्यक्रम भएकाले यहाँ उच्च सुरक्षा सतर्कता अपनाइएको हो।

भ्रमणलाई व्यवस्थित बनाउन स्थानीय प्रशासनले विशेष सुरक्षा योजना बनाएको छ। भारतीय सुरक्षाकर्मीको टोलीले पनि मुक्तिनाथ क्षेत्रको स्थलगत अनुगमन गरेको छ।

जिल्लाको सुरक्षा प्रबन्ध मजबुत बनाइएको छ, प्रमुख जिल्ला अधिकारी शिशिरराज पौडेलले भने,’जिल्ला प्रवेश गर्ने र बाहिरने सबै नाकामा सुरक्षा चेकजाँचमा कडाइ गरिएको छ।’

जिल्ला सुरक्षा समितिको बैठकले भारतीय प्रधानमन्त्री मोदीको भ्रमण सुरक्षाका लागि मुक्तिनाथ मन्दिर परिसरमा २० घण्टा आवातजावतमा रोक लगाउने निर्णय गरेको छ। शुक्रबार दिउँसो ४ बजेदेखि शनिबार मध्याह्न १२ बजेसम्म मुक्तिनाथ मन्दिर परिसरमा आवातजावत बन्द गरिएको हो।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com