२२ दिनकी सुत्केरी मृत
प्रकाशित मिति : बैशाख २२, २०७५ शनिबार
वैशाख २२, त्रिशूली, नुवाकोट । बेलकोटगढी नगरपालिका–११ तिगाउँमा २२ दिनकी एक सुत्केरी मृत फेला परेकी छन् । स्थानीयवासी कान्छा तामाङकी १७ वर्षीया श्रीमती संगीता शुक्रबार साँझ घरदेखि एक किमी टाढा रहेको बारीको रुखमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
घटना आत्महत्या हो वा हत्या भन्ने बारेमा अनुसन्धान भइरहेको बताइएको छ ।रासस






