उत्तर कोरिया परमाणु निःशस्त्रीकरणमा चीन–अमेरिकाको चासो


प्रकाशित मिति : बैशाख २०, २०७५ बिहीबार

वाङ ली काठमाडौं

आवश्यक तयारीका साथ तय भएअनुरूप उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन र दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनबीच भेटवार्ता भयो । दक्षिण कोरियाको पेन्मुन्जोमस्थित पिस हाउसमा गत शुक्रबार दुई कोरियाली राष्ट्रप्रमुखले शिखर वार्ता गरे ।

किम र मुन दुवैले हात मिलाएर सौहार्दपूर्वक शिखर वार्तालाई सार्थक बनाएका थिए । अन्तर्राष्ट्रिय सम्बन्धमा यस वार्तालाई ऐतिहासिक उपलब्धिको रूपमा लिइनेछ । दुई कोरिया अहिले पनि प्राविधिक रूपमा युद्धमै छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कोरियाली युद्धविराम भएको ६५ वर्ष पुगिसक्दा पनि दुई कोरियाबीच शान्ति वार्ता नहुनुले दुवै देशलाई युद्धकै अवस्थामा राखेर हेरिने गरिएको छ ।

किम जोङ उनले दक्षिण कोरियाली भूमिमा पाइला टेकेसँगै इतिहासको पानामा नयाँ अध्याय थपिएको छ । गैरसैनिक क्षेत्रमा किम र मुनबीच भएको सिखर वार्ता आफैँमा शान्तिको प्रतीक थियो । दुई देशबीचको शिखर वार्तालाई विश्वले हेरिरहँदा उनीहरूले सौहार्दपूर्वक हातमा हात जोडे र आत्मीयताका साथ कुरा गरे ।

किम–मुन शिखर वार्ताले कोरियाली प्रायद्वीपलाई व्यावहारिक तवरबाट निशस्त्रीकरण गर्ने ढोका खोलेको छ । यसअघिका अन्तरकोरिया शिखर सम्मेलन अन्तरकोरियाली सम्बन्ध र सहकार्यका विषयमा केन्द्रित हुने गर्थे ।

उत्तर कोरियाली प्रायद्वीपमा परमाणु निशस्त्रीकरण गर्नेबारे उत्तर कोरिया, दक्षिण कोरिया, चीन, अमेरिका, रुस र जापानबीच ६ पक्षीय छलफल भएको थियो । तर, सन् २००८ पछि सो प्रयासमा पूर्णविराम लाग्यो । खैर, सन् २०१८ को सुरुवातबाटै उत्तर कोरियाली नेता किममा एकाएक परिवर्तन आयो ।

हिउँदे ओलम्पिकमा उत्तर कोरिया सहभागी हुँदै उत्तर–दक्षिण कोरियाको सम्बन्धमा नयाँ आयाम थप्ने काम किमबाट भयो । शिखर वार्ताका क्रममा सम्बोधन गर्दै किमले सम्बन्ध सुधारका लागि हिउँदे ओलम्पिकले पुलको काम गरेको उद्घोष गरे ।

उत्तर–दक्षिण कोरिया सम्बन्ध सुधारका लागि मुख्य तीन पक्षको महत्वपूर्ण भूमिका रह्यो । सर्वप्रथम दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले अन्तरकोरियाली सम्बन्ध सुधारका लागि ल्याएको ‘मुनलाइट’ नीतिले ठूलो प्रभाव पा-यो । अर्कोतर्फ, अन्तर्राष्ट्रियस्तरबाट उत्तर कोरियामाथि कडा प्रतिबन्ध लाग्ने कार्य सुरु भयो ।

 

परमाणु हतियारमा आफ्नो देश सक्षम भइसकेको र थप परीक्षण गरिरहन आवश्यक नरहेको ठम्याइमा किम पुगेका थिए । यसर्थ, परमाणु हतियारको विकासमा सफलता हात पारेपछिको चरणमा उत्तर कोरियाको आर्थिक विकासलाई जोड दिनुपर्नेमा किमको ध्यान गएको देखिन्छ ।

 

जुलाई २०१६ बाट संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले उत्तर कोरियामाथि प्रतिबन्ध लगायो । आर्थिक तथा सैन्य प्रतिबन्ध लगाउँदै उत्तर कोरियामाथिको प्रतिबन्धलाई राष्ट्रसंघले थप कडा बनाउँदै लग्यो । यसले गर्दा, उत्तर कोरियामाथि थप दबाब बढ्दै गएको थियो । तेस्रो, कारणको रूपमा किम परमाणु हतियारमा आफ्नो देश सक्षम भइसकेको र थप परमाणु हतियारको परीक्षण गरिरहन आवश्यक नरहेको ठम्याइमा पुगेका थिए ।

यसर्थ, परमाणु हतियारको विकासमा सफलता हात पारेपछिको चरणमा उत्तर कोरियाको आर्थिक विकासलाई जोड दिनुपर्नेमा किमको ध्यान गएको छ ।

निःसन्देह, चीन भ्रमणपछि किममा थप आत्मविश्वास आएको छ । सीसँगको भेटपछि सार्वजनिक स्तरमा उनको आत्मविश्वास बढेको छ । अन्तरकोरिया शिखर वार्तासम्बन्धी प्रेस विज्ञप्तिअनुसार आउँदो मे महिनामा  ट्रम्प र मुनसँग  गरिने वार्तामा परमाणु निशस्त्रीकरणका लागि  किम प्रतिबद्ध छन् ।

शिखर वार्तकै क्रममा उत्तर कोरियाको सुरक्षाको प्रत्याभूति हुने र सैन्य खतरालाई हटाइने हो भने आफूले परमाणु कार्यक्रमलाई निरन्तरता दिनुपर्ने कुनै कारण नभएको स्पष्टोक्ति किमले दिइसकेका छन् । गतवर्षको अन्त्यमा उत्तर कोरियाले छैटौँ परमाणु हतियार परीक्षण गरेको थियो । त्यसपछि, केही साताअघि उत्तर कोरियाको मजुर पार्टीको तेस्रो केन्द्रीय बैठकमा पनि परमाणु तथा क्षेप्यास्त्र परीक्षण कार्यक्रम रोक्ने कुरा किमले गरेका थिए ।

सी जिनपिङलाई भेट्न गएका किम सीसँगको भेट तथा वार्तालापबाट प्रभावित भए । सीले प्राविधिक नवीनताले सुसज्जित अर्थतन्त्रले मात्र राज्यको वास्तविक शक्ति बढाउने र सामाजिक स्थायित्व र जनताको हित गर्नेमा जोड दिएका थिए ।

यसर्थ, किम–मुन उच्चस्तरीय शिखर वार्ताको मुख्य एजेन्डाको रूपमा कोरियाली प्रायद्वीपमा शान्ति स्थापना गर्नु थियो । र, नभन्दै शिखर वार्तामा दुई कोरिया परमाणु निशस्त्रीकरण र शान्ति सम्झौताका लागि सहमत भए । सँगसँगै दुई कोरियाबीच ६५ वर्षपछि शान्ति सम्झौताका लागि ठोस आधार र विश्वासको वातावरण बन्यो ।

दक्षिण कोरियाको पेन्मुन्जोम घोषणामा किम र मुन दुवैले हस्ताक्षर गर्दै सिंगो कोरियाली प्रायद्वीपमा शान्ति स्थापना गर्ने प्रतिबद्धता जनाए । यसरी, दुई देशबीचको सैन्य तनाव अन्त्य, पारस्परिक समृद्धि र एकीकरणका लागि उत्तर र दक्षिण कोरियाले प्रतिबद्धता जाहेर गरेका छन् । विश्वले कोरियाली प्रायद्वीपमा शान्ति होस् भन्ने चाहना राखेको थियो ।

यसरी विश्व समुदायको चाहनाअनुरूप नै दुई कोरियाले पूर्ण परमाणु निशस्त्रीकरणलाई साझा मुद्दा बनाएर सहमतिमा पुगेका हुन् । यदि दुई कोरियाली देशबीचको प्रतिबद्धताअनुरूप नै परमाणु हतियार निशस्त्रीकरण र क्षेप्यास्त्र कार्यक्रमलाई टुंगोमा लगाइएको खण्डमा अन्तरकोरियाली आर्थिक साझेदारी सम्भव हुनेछ । यसले गर्दा, थप आर्थिक समृद्धिका साथ दुवै कोरियाको समुन्नति र स्थायित्वमा नयाँ आयाम थपिने निश्चित छ ।

 

चिनियाँ राष्ट्रपति सी जिनपिङलाई भेट्न गएका किम सीसँगको भेट तथा वार्तालापबाट प्रभावित भए । भेटमा सीले प्राविधिक नवीनताले सुसज्जित अर्थतन्त्रले मात्र राज्यको वास्तविक शक्ति बढाउने र सामाजिक स्थायित्व र जनताको हित गर्नेमा जोड दिएका थिए । यसर्थ, किमले मुनसँगको उच्चस्तरीय शिखर वार्तामा मुख्य एजेन्डाका रूपमा कोरियाली प्रायःद्वीपमा शान्ति स्थापना गर्ने विषयलाई महत्व दिए ।

 

कोरिया युद्ध सुरु भएको ६८ वर्षपछि आधिकारिक रूपमा कोरियाली प्रायद्वीपमा स्थायी शान्तिका लागि दुई कोरियाबीचको सहमति कोसेढुंगा सावित भएको छ । कोरियाको विकसित राजनीतिलाई विश्वले स्वागत गरेको छ । स्वागत गर्ने राष्ट्रमध्ये चिनियाँ राष्ट्रपति सी जिनपिङ, जापानी प्रधानमन्त्री सिन्जो अबे र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अग्रपंक्तिमा रहे ।

अर्कोतर्फ, अन्तरकोरियाली शिखर वार्तालाई अमेरिकाले स्वागत नगर्ने तथा नकारात्मक प्रतिक्रिया दिन सक्ने अवस्था छैन । आउँदो मे महिनामा किम र ट्रम्पबीच महत्वपूर्ण शिखर वार्ता हुने तयारी भइरहेको सन्दर्भमा अमेरिकाबाट दुई कोरियाको मिलनलाई लिएर नकारात्मक टीका–टिप्पणी गर्नु सान्दर्भिक छैन, जसलाई ट्रम्पले राम्रोसँग बुझेका छन् ।

ट्रम्पसँगको वार्तामा किमले परमाणु निशस्त्रीकरण गर्दा उत्तर कोरियाको दीर्घकालीन सुरक्षा जोखिम नहुने ठोस र विश्वासिलो आधार खोज्नेछन् । यसकारण किमलाई आस्वस्थ पार्न नयाँ सम्झौता हुनुपर्ने हुन्छ ।

उत्तर कोरियाको वैधानिक सुरक्षा चिन्तालाई निष्पक्ष र न्यायसंगत तवरबाट समाधान गरियोस् भन्ने चासो चीनको हो । राजनीतिक तथा नैतिक दुवै तवरबाट क्रमिक रूपमा परमाणु निशस्त्रीकरण गरिनुपर्छ । चीनले लामो समयदेखि गर्दै आएको प्रस्ताव पनि यही हो ।

कोरियाली प्रायद्वीपमा परमाणु निशस्त्रीकरणलाई आत्मसात् गरिरहँदा यस क्षेत्रको स्थायी शान्ति स्थापनार्थ विशेष शान्ति संयन्त्रको विकास गर्नुपर्ने हुन्छ । यस्तो हुन सकेको खण्डमा मात्र किम–मुन शिखर वार्ताले विश्वमा वास्तविक शान्तिको सन्देश दिनेछ ।

स्रोत : सिजिटिएन डट कम
(चाइना ग्लोबल टेलिभिजन नेटवर्क)

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com